अमेरिकी आन्तरिक सुरक्षा मन्त्रीद्वारा राजीनामा

काठमाडैं । अमेरिकी आन्तरिक सुरक्षा मन्त्री रायन जिन्केले राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष राजीनामा दिनुभएको छ ।

यात्रा, राजनीतिक कृयाकलाप लगायतका विषयमा सङ्घीय अनुसन्धान शुरु भएपछि यहाँले राजीनामा दिनुभएकाे हाे । राजीनामा पत्रमा जिन्केले विपक्षीहरुकाे आरोपका कारण आन्तरिक सुरक्षा मन्त्रालयको नियमित काममा नै अबरोध अाएकाले राजीनामा दिएको उल्लेख छ ।

जिन्केको राजीनामाका बारेमा ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले मोन्टानाका पूर्व कङ्ग्रेस सदस्य जिन्केको कार्यकाल निकै सफल रहेको बताउनुभएको छ । उहाँले अर्को साताभित्रै जिन्केको स्थानमा नयाँ व्यक्तिको नाम घोषणा गरिने जानकारी दिनुभयो । नयाँ व्यक्तिको मनोनयनलाई सिनेटले अनुमोदन गर्नु पर्दछ ।

shares