Breaking News

अफ्गानिस्तानमा बम बिष्फोट, छ बालबालिकासहित ११ को मृत्यु

दक्षिण एसियाली राष्ट्र अफ्गानिस्तानमा आज दोस्रो दिनको मतदानको क्रममा पनि हिंसात्मक घटना भएको छ ।

नंगरहार प्रान्तको सडक छेउमा बम बिष्फोट हुँदा छ जना बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । नंगरहारमै शनिबार तालिबानको आक्रमणमा परी २० जनाको मृत्यु हुनुका साथै ३० भन्दा बढी घाइते भएका थिए । त्यस्तै शनिबार राजधानी काबुलमा भएको आत्मघाती अक्रमणमा ८ सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।

शनिबार ५ हजार १ सय मतदान केन्द्रमध्ये २ सय ४४ मतदान केन्द्रमा मतदान हुन नसकेका कारण आज पनि मतदान भैरहेकाे छ। केही ठाउँमा समयमै मतदान सामग्रीहरु पुग्न नसकेको र केहीमा मतदान अधिकारीहरु पुग्न नसकेको कारण शनिबार मतदान हुन नसकेको हो ।
२ सय ५० सीटको लागि भएको यो मतदानको परिणाम आउन २ साता लाग्ने बताइएको छ ।

shares