Breaking News

अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस अाज, नेपालमा पनि मनाईंदै

अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस अाज नेपालमा पनि बिबिध कार्यक्रम गरेर मनाईंदैछ ।

सन् १९४९ देखि संयुक्त राष्ट्रसंघको पहलमा डिसेम्बर २ तारिखमा यो दिवस मनाउन थालिएको हो । पछिल्लो समय नेपालमा आन्तरिक तथा बाह्य बेचबिखन जस्ता आधुनिक दासत्व बढ्दै गएको देखिएकाे छ।

दास प्रथा घटे पनि मानव तस्कर, अङ्ग तस्कर र जबरजस्ती यौन व्यवसायमा लगाइने गरेको पाइएको छ । अन्तर्रा्ष्ट्रिय श्रम संगठनको प्रतिवेदनले बिश्वभर ४१ लाख श्रमिकलाई जबरजस्ती जोखिमपूर्ण काम गर्न बिना कुनै परिश्रममा लगाउने गरेकाे देखाएकाे छ ।

नेपालमा विसं १९८३ मा दास प्रथा उन्मुलनको घोषणा भए पनि विभिन्न स्वरुपमा दासताप्रथा अझै कायमै छ । वैदेशिक रोजगारीमा गएका नेपालीमाथि शारीरिक तथा मानसिक दमन हुने गरेको गुनासो पनि उत्तिकै छ ।

shares