June 24, 2017

विश्वको पहिलो वातावरण रेडियोको १३औ वार्षिक उत्सवमा १०१ सम्मानित

२१ माघ, काठमाण्डौ । विश्वको पहिलो वातावरण रेडिय रेडियो पर्यावरण १०४.२ मेगाहर्जको १३औ वार्षिक उत्सवमा १०१ सम्मानित भएका छन् ।

युवा जागरण पर्यावरणीय मञ्चद्वारा स्थापित विश्वको पहिलो वातावरण रेडियो रेडियो पर्यावरण १०४.२ मेगाहर्ज २०५५ साल साउन ५ गते नामाकरण गरी सोही दिनदेखि हरेक सोमबार बेलुकी पाँच देखि छ बजेसम्म १०० मेघाहर्जबाट वातावरण सम्बन्धी कार्यक्रम प्रसारण गरी उपत्यकाका जनताको मन जित्न सफल यो एफ.एम. छुट्टै फ्रिक्वेन्सी मार्फत २०६० साल माघ २१ गतेबाट १०४.२ मेगाहर्जबाट आफ्नो प्रसारण शुभारम्भ भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) का बरिस्ठ नेता एबम पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ ज्युको प्रमुख अतिथिमा, रेडियो पर्यावरण १०४.२ मेगाहर्जका समन्वय समितिका संयोजक दिपेन्द्र श्रेष्ठको सभापतित्वमा विश्वको पहिलो वातावरण रेडियो, रेडियो पर्यावरण १०४.२ मेगाहर्जको १३औ वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सव समारोहमा चापको बिरुवामा पानी हालेर सामुहिक रुपमा कार्येक्रमको उद्घाटन गरीएको थियो ।
सामुदायीक रेडियो प्रसारक संघका अध्यक्ष सुबाश खतिवडा, बाली संरछेण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले रेडियोलाइ अझ उन्नति प्रगति गर्दै अधि बढन हौसला प्रदान गर्दै शुभकामना दिए ।

विश्वको पहिलो वातावरण रेडियो, रेडियो पर्यावरण १०४.२ मेगाहर्जको १३औ वार्षिक उत्सवमा रेडियोमा कार्येक्रम प्रस्तोता सन्ध्या के. सी, अनिता महर्जन, नवराज सन्जेल, दिपक थापा, सत्यराज खड्का, अच्युता महत, बटु कृष्ण कार्की, शेखर ठकुरी र डी.पी शाहलाई सम्मान गरिएको थियो । प्राबिधिक बिक्रम महर्जन, स्टेशन इन्चार्ज कृष्णहरि महर्जन, प्रशाशन प्रमुख राजु प्रकृतिलाई सम्मान गरिएको थियो ।

सोहि अवसरमा जुजु बज्राचार्य, शर्मिला बज्राचार्य, जयनन्द लामा, गीता देबी, सागर गुरुङ, नवराज ढुंगाना लगायतका गायक, स्रष्टा, संगीतकारलाई सम्मान गरिएको थियो ।

विश्वको पहिलो वातावरण रेडियो, रेडियो पर्यावरण १०४.२ मेगाहर्जबाट प्रशारित कार्येक्रममा सुबेक्छया, पोका पन्तरा, कुरा सफाचट, हाम्रो सम्पदा, कृषि बिज्ञान, देउराली र इस्लामिक फुलबारीको सर्बोत्कृष्ट कार्येक्रम अन्तर्गत परेको छ ।

त्यास्तै कान्तिपुर रास्ट्रिय दैनिक, राजधानी रास्ट्रिय दैनिक, नेपाल समाचारपत्र, दिगो दृस्टी, ललित सन्देश, मानब आवाज, द युनिभर्शल टाइम्स र शिक्षालय पत्रिकालाई सम्मान गरिएको थियो । त्यस्तै गरी कान्तिपुर एफ.एम, रेडियो सगरमाथा, सामुदायीक सुचना नेटवर्क, बि.बि.सी.नेपाली सेवा, उज्यालो नेटवर्क, क्यापीटल एफ.एम, क्लासिक एफ।एम र हेडलाइन्स एण्ड म्युजीक एफ. एम, त्यस्तै गरी नेपाल टेलिभिजन, माउन्टेन टेलिभिजन, नेपाल मण्डल टेलिभिजन र नेवा दगु समेतलाई सम्मान गरिएको थियो । विषयगत पत्रकारमा राजेश बज्राचार्य, प्रशान्त माली, सुनिल महर्जन, सुबिन श्रेष्ठ, माधब नेपाल, इश्वर महर्जन र मानब अधिकारकर्मी बद्रि सिवाकोटीलाइ सम्मान गरिएको थियो ।

सोहि अवसरमा जिल्ला बिकाश समिति, ललितपुर, गोदावरी नगरपालिका, जिल्ला बन कार्यालय, रास्ट्रिय बनस्पति उद्यान, सहरी बाताबरण व्यवस्थापन समाज, जिल्ला कृषि कार्यालय, जिल्ला जन स्वास्थ्य कार्यालय, रास्ट्रिय लोक संचारकर्मी नेपाल, जिल्ला पशु कार्यालय, क्षेत्रिय कृषि निर्देशनालय, कृषि सुचना तथा संचार केन्द्र, बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, बाली संरक्षण निर्देशनालय, महानगरीय प्रहरी प्रभाग बाडेगाउ, महानगरीय प्रहरी परिषद जावलाखेल, त्यस्तै गरी इहाबचm नेपाल, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी, होमनेट नेपाल आशाको जिबन, सी.डी ओ नेपाललाई सम्मान गरिएको थियो । सोहि अवसरमा गोदामचौर बिसंखु एकीकृत बिकाश समाज, अन्नपूर्ण महिला जागृति सहकारी सस्था लिमिटेड, नागरिक सचेतना केन्द्र, इन्द्रणी बाल क्लब, जेष्ठ नागरिक दिवा सेवा केन्द्र, जनमैत्री जेष्ठ नागरिक एकल महिला संघ, श्री गणेश स्थान महिला कृषि बहुदेशीय सहकारी सस्था लिमिटेड, त्रिशक्ति बहुदेशीय सहकारी सस्था लिमिटेड, स्वेतबाराही बचत सहकारी सस्था लिमिटेड, सिद्दिपुर बहुदेशीय सहकारी सस्था लिमिटेड, कल्पक टुर्स एण्ड ट्राभल्स प्रा. लि, सम्रिना कलेक्सन, रोयल आयुर्बेदा, शुभ लक्मी ज्योलर्सा, इस्केभीन नेचर केयर हस्पिटल लगायत विज्ञापन दातालाइ लाइ सम्मान गरिएको थियो ।