October 17, 2017

वार्षिक उत्सवको अवसरमा टेलिकमले दियो ग्राहकलाई अफरैअफर

२२ माघ, काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो १३ औं वार्षिक उत्सवको अवसरमा ग्राहकहरुलाई बिभिन्न किसिमका अफरहरु ल्याएको छ ।

फेसबुक चलाउन २० रुयौयाँमा १०० एमबी डाटा दिने टेलिकमले जनाएको छ । जसको समयसीमा ५ दिनको हुने छ । जिएसएम प्रिपेडमा फोरजी सञ्चालनको लागि ४०० एमबीको प्रोमोसनल अफर ल्याएको छ । जुन दैनिक १०० एमबीका दरले चार दिनसम्म उपलब्ध हुनेछ । टेलिकमले शुनिबार देखि प्रिपेडमा फोरजी सेवा सञ्चालन गरेको हो ।

यस्तै कम्पनीले सीडीएमए डाटा अफर, जीएसएम डाटा अफर र जीएसएम डाटा अफर पनि सार्वजनिक गरेको छ । सीडीएमए टाटा अफरमा ७५ रुपौयाँमा २०० एमबी डाटा र त्यति नै बोनस पाउन सकिने छ । यस्तै १७५ रुपौयाँमा ५०० एमबी डाटा र त्यत्तिनै बोनस प्राप्त गर्न सकिने छ ।

यस्तै जीएसएम डाटा अफरमा १३० रुपौयाँमा २०० एमबी डाटा र त्यत्तिनै डाटा बोनस पार्न सकिने छ भने ३०० रुपौयाँमा ५०० एमबी डाटा र ५०० एमबी नै बोनस प्राप्त गर्न सकिनेछ ।

यस्तै जीएसएम नाइट डाडा अफरमा ४०रुपौयाँमा ५०० एमबी र ८५ रुपौयाँमा १२०० एमबी डाटा पाउन सकिने टेलिकमले जनाएको छ ।

यस्तै ५०, १०० र २०० रुपौयाँको रिचार्जमा १० प्रतिशत तथा ५०० र १००० को रिचार्जमा १५ प्रतिशत बोनस पाइने अफर पनि टेलिकले ल्याएको छ ।

यस्तै ल्याण्ड लाइन एक्सेस प्वाइन्ट शल्कमा पनि हेरफेर गरेको छ भने सिप अफर र आरबिटीलगायतका सेवा पनि सञ्चालनमा ल्याएको छ ।