November 18, 2017

शिक्षकहरुले मासिक रुपमा नै तलब पाउन

२१ माघ, काठमाण्डौ । शिक्षकहरुले अब मासिक रुपमा नै तलब बुझ्न पाउने भएका छन् । शिक्षा मन्त्रालयले मासिक रुपमा तलब बुझ्न पाउने व्यवस्था मिलाउन क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लालाई परीपत्र गरेको छ ।

यसबारे अघिल्लो महिना नै सचिवस्तरीय निर्णय भएको थियो । तर, यसको कार्यान्वयनका लागि शुक्रबार क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लालाई परिपत्र भए ।को हो ।

परिपत्रमा जिल्ला शिक्षा कार्यालयले साउनको सुरुमा नै विद्यालयहरुबाट माग फारम संकलन गर्ने र महिनाको अन्त्यमा प्रथम चौमासिकको तलब निकासा गर्न भनिएको छ ।

दोस्रो र तेस्रो चौमासिक अवधि नलाग्दै माग फारम लिने र चौमासिकको सुरुको महिनामै तलब निकासा गर्ने व्यवस्था मिलाउन पनि शिक्षा मन्त्रालयले भनेको छ। निकासाबाट प्राप्त रकमबाट विद्यालयले शिक्षकहरुलाई मासिक रुपमा नै तलब भुक्तान गर्नु पर्ने मन्त्रालयले जनाएको छ ।

अहिले भने शिक्षकहरुले हरेक तीन महिनामा तलब बुझ्ने गरेका छन् ।