July 24, 2017

सुशील कोइरालाको पहिलो वार्षिक पुण्यतिथी बिभिन्न कार्यक्रम गरी मनाइदै

२६ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका तत्कालिन सभापति एवम पूर्व प्रधानमन्त्री सुशील कोइरालाको आज पहिलो वार्षिक पुण्यतिथी बिभिन्न कार्यक्रम गरी मनाइएकाे छ ।

नेपाली कांग्रेस र कांग्रेस निकट भातृ संगठनले बिभिन्न कार्यक्रम गरी कोइरालाको सम्झना गरिरहेका छन । नेपाली कांग्रेसले कोइरालाको सम्झनामा पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पार्टीका नेता कार्यकर्ता सहभागी छन । कोइरालाको गत बर्ष माघ २६ गते आजकै दिन महाराजगंजस्थित आफ्नै निवासमा निधन भएको थियो ।

कोइरालाको नेतृत्वमा नेपालको संविधान २०७२ जारी भएको थियो ।