October 20, 2017

निःशुल्क भिसा र टिकट कार्यान्वयन गराउन खोज्दा मन्त्रालयमै धम्की आउछ–मन्त्री गुरुङ

२२ माघ, काठमाण्डौ । श्रममन्त्री सूर्यमान गुरुङले निःशुल्क भिसा र हवाई टिकट कार्यान्वयन र व्यवस्थित हुन नदिन गिरोह सक्रिय रहेको बताएका छन् ।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसलाई कार्यान्वयन गराउन खोज्दा मन्त्रालयमै धम्की आएको पनि उनको भनाइ थियो ।

रोजगारीका सिलसिलामा विदेसिनेहरूसँग दुईवटा सम्झौता गरी ठग्ने गरेको पाइएको भन्दै उनले यसलाई नियन्त्रण गर्न अनलाइनबाट फाराम भर्ने कामको थालनी गरिएको बताए ।

मन्त्रालयले श्रम बजारको खोजी गरिरहेको भन्दै मन्त्री गुरुङले उपयुक्त श्रम बजारको खोजी गरी सुरक्षित रोजगार दिलाउन आफू प्रतिबद्ध रहेको पनि बताए ।