October 20, 2017

सार्वजनिक स्थानहरुमा निःशुल्क ईन्टरनेट आवश्यक–सञ्चारमन्त्री

२२ माघ, काठटमाण्डौ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सार्वजनिक स्थानहरुमा निःशुल्क ईन्टरनेट सेवा विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल टेलिकमको १३ औँ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले एयरापोर्ट, हस्पिटल, स्कुल, कलेज तथा पार्क जस्ता स्थलहरुमा निःशुल्क वाईफाई सेवा विस्तार गर्न आवश्यक रहेको बताएका छन् । उनले नेपाल टेलिकमले प्राप्त गरेको मुनाफालाई सेवाग्राहीको हितमा प्रयोग गर्न सुझाव दिएका छन् ।

नेपाल टेलिकमले आफ्नो १३ औँ बार्षिकोत्सवको अवसरमा शनिबारदेखि जीएसएम प्रिपेड ग्राहकलाई समेत फोरजी सेवा सुरू गरेको छ । यससँगै टेलिकमले एडिएसएल प्याकेजमा पनि सस्तो बनाउने घोषणा गरेको छ ।