August 19, 2017

विआर मित्र अमेरिका प्रस्थान

काठमाण्डौ ३० चैत्र । नेपाल गोजुरियो कराते डो महासंघका अध्यक्ष एवं नेपाल गोजुरियो कराते डो संघका महासचिव विआर मित्र बुधबार अमेरिकाको लसभेगास प्रस्थान गरेका छन् ।
लसभेगासमा अप्रिल १५ देखि १६ तारिखसम्म हुने युएस ओपन कराते च्याम्पियनसिपमा निर्णायकका भूमिकामा मित्र त्यसतर्फ प्रस्थान गरेका हुन् । एसियाली गोजुरियो कराते महासंघका महासचिव समेत रहेका मित्र एसियन कराते महासंघ (एकेएफ) का कुमुते रेफ्री तथा काता जज हुन् ।
मित्रलाई जापान गोजुरियो कराते डो केन्वाकाइ नेपाल संघका वरिष्ठ उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक विसनसिंह खड्का र नेपाल गोजुरियो कराते डो संघका सदस्य पुकार छन्त्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।