मलाई समाजको सच्चा हिरोईन बन्न मन छ: नायीका रेखा थापा, दर्शक भन्छन् महोत्सवमा हामीलाई झुक्काईयो (फोटो फिचर)

भावुक योगी

२२ माघ, बर्दिया । नेपाली चलचित्र जगतकी निर्माता एवं नयिका रेखा थापाले समाजको सच्चा हिरोईन वन्ने ईच्छा रहेको बताएकी छन् ।

बर्दियाको बबई नगरपालिका भुरीगाउँमा चलीरहेको प्रथम ववई नगर महोत्सवमा पुगेकी अभिनेत्री रेखा थापाले देशमा भईरहेको विकृतिलाई चिर्न एक सच्चा नेतृत्व प्रदान गर्ने व्यक्तिको खाँचो भएको भन्दै त्यसका लागि सक्षम व्यक्तिले खुट्टा कमाउन नहुने बताएकी छन् ।

अहीले सम्मकै सवैभन्दा धेरै दर्शक महोत्सवको कार्यक्रममा उर्तान सफल आयोजकले कार्यक्रम व्यवस्थापनका लागि ठुलै मेहनत खर्चिनु पर्यो । लामो समयदेखि नृत्यको पर्खाइमा वसेका दर्शकलाई राजनितीक भाषण दिएकी अभिनेत्रि थापाले अन्तमा हजारौ दर्शकलाई नचाउन सफल हुनुभयो ।

भजनवाट आफ्नो प्रस्तुति सुरुवात गरेकी नायीका रेखाले सिम्पल सिम्पल वोलको गितमा छोटो नृत्य समेत प्रस्तुत गरेकी थिईन् ।

महोत्सव अवलोकनमा आएका केही दर्शक नाचिरहँदा केहि दर्शकहरु भने आयोजक प्रति असन्तुष्ट थिए । लोकदोहोरी गायक पशुपति शर्मा र रेखा थापा ल्याउने भनेर आफुहरुलाई झुक्काईएको दर्शकहरुको आरोप रहेको छ ।

महोत्सवमा खचाखच दर्शकको भिड रहेको कार्यक्रममा रेखा थापा संगै स्थानिय सिँहवाहिनी नृत्य कला मन्दिर र सुर संगम कला केन्द्र कलाकारहरुले पनि नृत्य प्रस्तुत गरेका थिए ।

माघ १४ गते देखि संचालन भईरहेको प्रथम बबई नगर उद्योग, ब्यापार, कृषि, पर्यटन र सुचना प्रविधी महोत्सवको नवौँ दिन शनिबार स्थानिय क्लव संगै नायिका तथा निर्देशिका रेखा थापाको साथमा विविध सांस्कृतीक कार्यक्रम भयो ।

महोत्सवको नवौँ दिन शनिबार विदा परेकाले पनि अहिले सम्मकै सबैभन्दा बढी झण्डै २० हजार बढी दर्शकहरुको उपस्थिती रहेको पाईएको छ । प्रहरी र स्वंम सेवकलाई भिड सम्हाल्न हम्मे हम्मे परेको थियो । महोत्सवमा झण्डै १२ जना भन्दा बढी बालक हराएपछी प्रहरी र स्वंमसेवकले महोत्सवको मंचमा ल्याएर सुचना दिएर दिईएको थियो ।

शनिवार महोत्सवमा १५ हजार दर्शकले महोत्सवको अबलोकन गरेको जानकारी दिंदै, आयोजक संस्थाका महासचिब महेन्द्र पंगेनीले टिकटको बिक्रिको सम्पूर्ण विवरण आईनसकेकाले यो संख्या अझै बढ्न सक्ने बताएका छन् ।

महोत्सवमा नायिका रेखा थापा संगै सुरसंगम कला केन्द्र र सिँहवाहीनी नृत्यकला मन्दिरका स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।

महोत्सवमा शनिबार राष्ट्रिय कलाकार नायिका रेखा थापा र लोकदोहोरी गायक पशुपती शर्माको उपस्थिती रहने भनेर प्रचार गरिएपनी रेखा थापा मात्र उपस्थित थिईन । झुठो प्रचार गरेर दर्शक झुक्याएको भन्दै लोकदोहोरी एवं जनताका गायक भनेर चिनीएका पशुपती शर्माको प्रस्तुती हेर्न भनेर मात्र आएका दर्शकहरुले आयोजक प्रती गुनासो गरेका छन ।

यसै बिच प्रस्तुतीका क्रममा रेखा थापाले आफ्नो फिल्मी प्रस्तुती, गित संगीत र नृत्यको साटोमा राजनितीक कुरामा जोड दिएका कारण अधिकांश दर्शकहरु आक्रोसित भई महोत्सवबाट बाहिरिएका थिए ।

महोत्सव अबलोकन गर्न जानु भएका बबई नगरपालिका एकका वडा संयोजक लक्ष्मीकान्त शर्माले महोत्सवमा मनोरञ्जनात्मक प्रस्तुतीहरुकोे साटो राजनितीक प्रचार गरेकोमा आपत्ती जनाउनु भएको छ । ५० रुपैयाँको टिकट काटेर राजनितीक कुरा सुन्न गएको भान भएको दर्शकहरुले गुनासो गरेका छन ।

समृद्ध बर्दियाको आधार कृषि पर्यटन र व्यापार भन्ने मुल नाराका साथ बर्दियाको पहिचानका साथै कला संस्कृतिको जर्गेना, कृषि प्रर्दशनी, पर्यटकीय विकास, आर्थिक सबृद्धि गराउन, र वन्यजन्तु संरक्षणका टेवा पुराउने उदेश्यले माघ १४ गते देखि संचालन भएको प्रथम बबई नगर महोत्सव माघ २४ गते सम्म संचालन हुने मुल आयोजक समितीका अध्यक्ष युवराज अधिकारीले बताए ।