September 23, 2017

मधेसी दललाई सहमतिमा ल्याएर मात्रै चुनावको मिति घोषणा गर्छौ

२२ माघ काठमाण्डौ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आफ्नो पार्टी मधेसी दललाई सहमतिमा ल्याएर चुनावको मिति घोषणा गर्ने पक्षमा रहेको स्पष्ट पारेकी छन् ।

मधेसी मोर्चालाई सहमति ल्याउनको लागि नै सरकारले चुनावको मिति घोषणा गर्न ढिलाई गरिरहेको उनले बताईन ।

प्रेस सेन्टर ललितपुरले शनिबार गोदावरीमा आयोजना गरेको पिकनिक तथा भेटघाट कार्यक्रममा बोल्दै भुसालले भनिन स्थानीय पुर्नसंरचना आयोगको प्रतिवेदनमा थोरै परिमार्जन र दुई नम्बर प्रदेशमा प्रतिनिधित्व संख्या बढाउँदा सहमति हुन सक्छ ।

उनले मधेसमा परिवर्तनलाई संस्थागत गर्नै नदिने र प्राप्त उपलब्धिलाई संस्थागत गरेर जानु पर्छ भन्ने गरी फ्याक्टर रहेको औंल्याउँदै परिवर्तन पक्षधरहरु जसरी पनि चुनावमा जानुपर्ने भन्ने पक्षमा रहेको बताइन् । उनले ति पक्षहरुलाई समेटेर जान पार्टी र सरकार लागिपरेको भन्दै त्यसको लागि एक साता पर्खिन लागेको बताइन् ।

एक सातामा पनि सहमति नभए सरकार चुप लागेर नबस्ने भन्दै उनले त्यसपछि देश निर्वाचनमा जाने बताइन्