October 17, 2017

दशौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी सुरु

सुरेश भट्ट
माघ २१, कञ्चनपुर । प्राङ्गारिक कृषि पद्धतीको अवलम्बन, पर्यावरण संरक्षण र स्वस्थ जीवन भन्ने मुल नाराका साथ शुक्रवार देखी कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा दशौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी सुरु भएको छ ।

प्राङ्गारिक खेती तर्फ कृषकलाइ उन्मुख गराउने, प्राङ्गारिक उपजहरुको सबैले उपभोग गराउन प्रोत्साहन दिने, विषादियुक्त मीलावट खेतीको अन्त्य गर्ने र मानव शरिरमा भएका रोगहरुको कारणले जुन पैसा खर्च भइरहेको छ । त्यसलाइ रोक्ने तथा विसादी युक्त खाना बाट मानव स्वस्थ्यमा हुने असर बारे जनचेतना फैलाउनलाइ मेलाको आयोजना गरीएकोे जिल्ला कृषि विकास कार्यालयका कञ्चनपुरका वरिष्ठ कृषि अधिकृत यज्ञराज जोशीले वताएका छन् ।

कृषि व्यवसाय प्रवद्धन कार्यक्रम, सुदुरपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय, दिपायल र जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरको सयुक्त आयोजना मा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला माघ २४ गते सम्म संचालन हुने भएको छ ।