September 23, 2017

मुलुकको आर्थिक बिकास गर्नका लागि राष्ट्रिय एकताको खाचो–प्रचण्ड

२१ माघ, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको आर्थिक बिकासको लागि राष्ट्रिय एकताको खाचो रहेको बताएका छन् ।

काठमाडौमा सुरु भएको पर्यटन व्यावसायी संगठनको राष्ट्रिय एकता भेलालाई शुक्रबार सम्बोधन गर्दे प्रधानमन्त्री दाहालले मुलुकको एकतालाई कमजोर र बिखण्डनतर्फ लैजाने षडयन्त्र भएको भन्दै यसलाई चिर्न राष्ट्रिय एकताको खाचो रहेको बताएका छन् ।

उनले नेपालको पर्यटन क्षेत्रमा क्रान्ति नै ल्याउने गरी वर्तमान सरकारले काम अघि बढाइरहेको उल्लेख गरेका छन् । नेपालको पर्यटन उद्योगको विकासका लागि सरकारले गरिरहेको तयारीले आगामी केही बर्षभित्रै पर्यटन उद्योगले नेपाललाई विश्वकै एक सम्वृद्ध राष्ट्रका रुपमा स्थापित गर्ने उनको भनाई छ ।

प्रधानमन्त्री दाहालले नेपालको पूर्वदेखि पश्चिमसम्म रेलमार्ग, हुलाकी मार्ग, मध्यपहाडी लोकमार्गको निर्माण अघि बढिरहेको बताउँदै चीनसँगका केरुङ, हिल्सा, कोरला, किमाथांका लगायतका नाका खोल्ने तथा केरुङदेखि काठमाडौं रेलमार्गको अध्ययन गर्ने काम अघि बढिरहेको जानकारी दिए । प्रधानमन्त्री दाहालले रारा तालमा मन्त्रिपरिषदको बैठक बसेर राराको सुन्दरतालाई विश्वमै चिनाउने उद्घोष गर्दै पर्यटन क्षेत्रका समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको वताएका छन् ।