July 26, 2017

सरकारले सबै प्रदेशमा अप्टिकल फाईवर र व्रोड व्याण्ड सेवा विस्तार गर्ने

२१ माघ, काठमाण्डौ । ग्रामीण दूर सञ्चार कोषको रकम उपयोग गरेर सरकारले सबै प्रदेशमा अप्टिकल फाईवर र व्रोड व्याण्ड सेवा विस्तार गर्ने भएको छ ।

सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सरकारले छ महिनासम्म गरेका कार्य प्रगति विवरण शुक्रबार सार्वजनिक गर्दे अप्टीकलका लागि टेलिकम सँग सम्झौता गरि साढे ११ अर्व लागतको बोलपत्र मुल्याङ्कन र प्रकाशन गरिएको बताएका छन् ।

मन्त्रालयले हुलाकलाई सामुदायिक सेवा तथा सूचना केन्द्रको रुपमा विकास गर्ने प्रक्रिया अघि बढाएको पनि जानकारी दिइएको छ । त्यसैगरी मन्त्रालयले मातहतका सार्वजनिक संस्थान तथा निकायहरुमा रिक्त रहेका पदाधिकारी र सदस्यहरुको नियुक्ति र मनोनयनका लागि कार्यविधि र मापदण्ड स्विकृत गरी काम अघि बढाएको पनि जनाएको छ ।

मन्त्रालयले सेवा प्रदायक कम्पनीहरुले साना मुलुकमा दर्ता गरि कर निशुल्क गर्ने परम्परालाई परिमार्जन गर्दे स्वामित्व परिवर्तन हुदा नेपाल सरकारको स्वीकृति लिई मात्र स्वामित्व परिवर्तन गर्न सकिने प्रावधान ल्याईएको मन्त्री कार्कीले जानकारी दिएका छन् ।

मन्त्रालयले आमसञ्चार नीति २०७३ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुझाव समिति गठन गरिएको, संघीयता कार्यान्वनका लागि मन्त्रालय र मतहतका निकायको कार्यक्षमताको विश्लेषण र संगठनात्मक संरचनाको बारेमा अध्ययन गरिएको जनाएको छ । त्यस्तै बक्सअफिस प्रणाली लागू गर्नका लागि सफ्टवेयर निर्माण कार्य अघि बढाईएको मन्त्रालयले जनाएको छ ।