September 23, 2017

ओलीले सम्बोधन गर्ने सभालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा

अमर काफ्ले

२२ माघ, सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरी सदरमुकाम इनरुवामा आयोजित सभालाई सम्बोधन गर्ने भएपछि शनिबार बिहानैबाट सो क्षेत्रको सुरक्षा व्यावस्थामा कडाइ गरिएको छ ।

इनरुवाको खेल मैदानमा नेकपा एमाले सुनसरीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इनरुवा पुग्नु भएको छ ।

मधेश केन्द्रित दलहरुको सम्भावित विरोधलाई मध्यनजर गर्दै सभा स्थलका साथै बजार तथा चोकमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाक्लो तैनाथी गराइएको छ ।

कार्यक्रमको सुरक्षालाई मध्यनजर गर्दै दुई सय नेपाल प्रहरी र एक सय ५० बढी शशस्त्र परिचालन गरिएका छन् । सादा पोशाकमा समेत पर्याप्त सुरक्षाकर्मीहरु परिचाल गरिएको सुनसरीका प्रहरी उपरिक्षक पोषराज पोखरेलले बताएका छन् ।

मधेश जागरण अभियान अन्र्तगत एमालेले सुनसरीको इनरुवामा शक्ति प्रर्दशन सहित जनसभाको आयोजना गर्न लागेको हो । यसअघि एमालेले सुनसरीको दक्षिणवर्ति गाविसहरुमा सभा सम्पन्न गरिसकेको छ ।