अस्ट्रेलिया, इरान र दक्षिण कोरिया अर्को बर्ष ब्राजिलमा हुने बिश्वकपका लागि छनौट भएका छन। छनौट खेल अन्तर्गत गएराती भएको खेलमा इरान दक्षिण कोरियालाई एक शुन्य गोल अन्तरले पराजित गर्दै समुह ए को बिजेताका रुपमा बिश्वकपका लागि छनौट भएको हो। इरानका लागि एकमात्र निर्णायक गोल ६० औं मिनेटमा रेजाले गरेका थिए। त्यसपछिको बांकी समयमा कुनै गोल [...]
थिएगोको ह्याट्रिकमा इटलीलाई पराजित गर्दै स्पेनले अण्डर ट्वान्टी वन युरोपियन च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। गएराती भएको फाइनलमा इटलीलाई ४–२ गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि रक्षा गरेको हो। खेलमा स्पेनले छैटौं मिनेटमा नै थिएगोको गोलबाट अग्रता लिएको थियो। तर, १० औं मिनेटमा इटलीका इमोविलले बराबरी गोल फर्काए। ३१ औं मिनेटमा स्पेनलाई २–१ को अग्रता [...]
अफ्रिकन महादेशको प्रतिनिधित्व गरिरहेको नाइजेरियाले व्राजिलमा जारी कन्फेडेरेसन्स् कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। गएराती भएको खेलमा प्यासिफिक ओसियानाको प्रतिनिधित्व गरिरहेको टहिटीलाई ६–१ गोल अन्तरले हराएर नाइजेरियाले सुखद सुरुवात गरेको हो। नाइजेरियाको जितमा नाम्दी ओडुमादीले खेलको १० औं, २६ औं र ७६ औं मिनेटमा गोल गरि ह्याटि्रक गरेका थिए। यस्तै, उवा इल्डरसनले ५ औं [...]
काठमाडौंमा जारी मिडियाकप फुटबल प्रतियोगिता अन्तर्गत आजका लागि तय गरिएका खेल स्थगित भएका छन्। लगनखेलस्थित बुद्विबिकास खेल मण्डलमा सञ्चालन गर्न लागिएका खेलहरु भारी वर्षाका कारण स्थगित भएका हुन्। तालिका अनुसार आजको पहिलो खेलमा रेडियो नेपाल र कान्तिपुर दैनिक र दोस्रो खेलमा फोटो जर्नालिस्ट क्लब पिजे र आर्थिक दैनिकबीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको थियो। यी दुवै [...]
व्राजिलमा जारी अन्तरमहादेशीय कन्फेडरेसन कप फुटबल प्रतियागिता अन्तर्गत गएरातीको खेलमा स्पेन र इटाली बिजयी भएका छन्। सन २०१० को विश्वकप तथा सन २०१२ मा युरो कप जितेको स्पेनले उरुग्वेमाथि २–१ को जित हात पार्यो। खेलको २० औं मिनेटमा स्पेनका पेड्रोले गोल गरेका थिए। त्यसको १२ मिनेट पछि नै रोबर्टो सोल्डाडोले गोल थपेपछि स्पेन पूर्वाद्धमा २–० [...]
न्यूजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन्स ट्रफी अन्तर्गत इङ्ल्याण्ड समूह ए बाट सेमिफाइनल प्रवेश गर्ने पहिलो राष्ट्र बनेको छ। गएराति कार्डिफमा सम्पन्न खेलमा न्यूजिल्याण्डलाई दश रनले पराजित गर्दै आयोजक इङ्ल्याण्डले सेमीफाइनल स्थान पक्का पारेको हो। वर्षाका कारण २४ ओभरमा झारिएको खेलमा इङ्ल्याण्डले २३ ओभर तीन बल खेल्दै मात्र एक सय ६९ रन जोड्यो। टस हारेर ब्याटिङको निम्तो [...]
अखिल नेपाल फुटबल संघ, एन्फाले बस दुर्घटनामा परी मृत्यु भएका एन्फा एकेडेमीका खेलाडीको परिवारलाई आर्थिक सहयोग गरेको छ। एन्फाले खेलाडीद्वय रन्जन थापा र सागर परियारको परिवारलाई नगद ५–५ लाख आर्थिक सहयोग गरेको हो। एन्फा अध्यक्ष गणेश थापाले रन्जनका पिता होमबहादुर थापा र सागरका पिता र माता चुडामणी दर्जी र बुद्वकुमारी दर्जीलाई चेक हस्तान्तरण गर्नुभयो। अध्यक्ष [...]
मनाङ मर्स्याङदी संग एक शुन्य गोल अन्तरले पराजित भएपछि लिग च्याम्पियन थि्र स्टार क्लबको गोर्खा कप यात्रा सेमीफाइनलमै टुगिंएको छ। दशरथ रंगशालामा आज भएको तनाबपुर्ण सेमीफाइनलमा चीर प्रतिद्वन्द्वी थि्र स्टारको यात्रा समाप्त पार्ने क्रममा मनाङका लागि एक मात्र गोल बिशाल राइले गरेका थिए। खेलको ४२ औं मिनेटमा बिष्णु सुनुवार दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि [...]
आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता अन्तर्गत गएरातीको खेलमा वर्षा बाधक बनेपछि अष्ट्रेलिया र न्यूजिल्याण्डले अंक बांडेका छन्। २ सय ४४ रनको लक्ष्यसहित मैदान ओर्लेको न्यूजिल्याण्डको इनिङको वर्षा बाधक भएपछि खेल स्थगित भएको हो। १५ औं ओभरमा न्यूजिल्याण्ड २ विकेटको क्षतिमा ५१ रनको स्थितीमा रहेको थियो। यसअघि टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धँरित ५० ओभरमा ८ [...]
राष्ट्रिय बुद्धिचाल संघ नेपाल र नेपाल खेलकुद महासंघले संयुक्त रुपमा नेकोस दोस्रो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएका छन्। प्रतियोगिता असार १७ देखि २२ गतेसम्म सञ्चालन हुने छ। प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा ५० जिल्लाका दुई सय ५० खेलाडीको सहभागिता रहने आयोजकको अनुमान छ। प्रतियोगिता काठमाडौंको नयाँबजारस्थित बहुउद्देश्यीय मार्शल आर्टस [...]