मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ। बैठकमा संविधानसभा चुनावका लागि आबश्यक ऐन र निर्वाचन प्रक्रियाका विषयमा छलफल भैरहेकेा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका प्रेस सल्लाहकार बिमल गौतमले जानकारी दिनुभयो। दलहरुसँगको छलफलका आधारमा सरकारले धारणा बनाउने तयारी गरेको छ। यस्तै, बैठकमा सचिवहरुको सरुवा र अरु मन्त्रालयगत एजेण्डामा समेत छलफल भैरहेको छ।
एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा–माओवादीसहितका ठूला दलका केही कार्यकता राष्ट्रिय शिव सेना पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंमा आयोजित एक समारोहमा उनीहरु राष्ट्रिय शिव सेना पार्टीमा प्रवेश गरेका हुन्। शिव सेनामा प्रवेश गर्नेमा एकीकृत नेकपा माओवादीका २१ जना, नेकपा–माओवादीका १०, नेकपा एमालेका ८ र नेपाली कांग्रेसका ६ जना रहेका छन्। कार्यक्रममा राष्ट्रिय शिव [...]
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले एकीकृत माओवादीले नै सहमति उल्टाउन खोजेको आरोप लगाउनुभएको छ। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता केसीले निर्वाचन ऐन र संविधानसभा सदस्य संख्याबारे यसअघि भएको सहमतिबाट माओवादी पछि हटेको बताउनुभयो। तर, सोही कार्यक्रममा एकीकृत माओवादीका नेता लीलामणि पोखरेलले संविधानसभा सदस्य संख्या घटाउन आफूहरुको असहमति नरहेपनि सबै दल सहमत हुनु पर्ने बताउनुभयो। [...]
नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईबीच भेटवार्ता भएको छ। सभापति कोइराला निवास महाराजगञ्जमा भएको भेटमा उहांहरुबीच दुई देशबीचको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ। राजदूत चुन्ताईले आगामी निर्वाचनको बारेमा जिज्ञासा राख्दै निर्वाचन मिति घोषणा बारे चासो राख्नु भएको थियो। जवाफमा कोइरालाले चुनावको मिति घोषणाबारे दलहरुबीच छलफल [...]
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतले नेपालका बामपन्थी दलहरुले जनतालाई गरिब बनाएर सर्वहारा वर्गको नारा लगाउने गरेको आरोप लगाउनु भएको छ। नेपाल विद्यार्थी संघले शंकरदेव क्याम्पसका नव आगन्तुक विद्यँर्थीका लागि गरेको स्वागत कार्यक्रममा नेता महतले नेपालका कम्युनिष्टहरुले देशको समृद्धि नै नचाहेको आरोप लगाउनुभयो। नेता महतले कांग्रेसले मात्र व्यावहारिक र जनताको पक्षमा काम गर्ने दाबी [...]
नेकपा–माओवादीका सचिव देव गुरुङले चार दलले निर्वाचनको नाममा मुलुकको जिम्मा विदेशीलाई सुम्पन लागेको आरोप लगाउनु भएको छ । भक्तपुरमा आज आयोजित सक्षात्कारमा सचिव गुरुङले हुनै नसक्ने निर्वाचनका नाममा चार दलले विदेशीलाई धमाधम नागरिकता वितरण गरेर स्वाधीनता र सार्वभौमसत्ता समाप्त पार्न लागेको आरोप लगाउनुभयो। उहांले चार दलको सिण्डीकेट जारी रहे जेठको दोस्रो सातादेखि आफ्नो पार्टीको नेतृत्वमा [...]
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सम्बन्धी ऐन संशोधन नहुंदा संविधानसभा निर्वाचनको मिति घोषणा गर्न ढिलाई भएको बताउनुभएको छ। आज भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन ऐन संशोधनमा सहमति हुनासाथ चुनावको मिति घोषणा हुने बताउनुभयो। उहांले दलहरुबीच छलफल जारी रहेकाले छिट्टै सहमति हुने विश्वास व्यक्त गर्नुभयो। थ्रेस होल्ड, समानुपातिक सिट संख्या, [...]
पार्टीले राखेका माग सरकारले सम्बोधन नगरेको भन्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आमरण अनसनमा बस्नुभएको छ। अध्यक्ष महतो आज दिउसो दुई बजेबाट काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा आमरण अनसनमा बस्नुभएको हो। अध्यक्ष महतोले आफ्ना जायज मागहरुप्रति प्रमुख दलहरु र सरकार गम्भीर नभएको बताउनुभयो। सद्भावना पार्टीले संविधानसभा निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने, सर्वोच्च अदालतको आदेश अनुसार तत्काल निर्वाचन [...]
नेकपा एमालेले आगामी संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियान अन्तर्गत दुई सय चालीस वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधी खटाएको छ। जेठ तीन गतेदेखि अभियान सुरु गरेको एमालले सम्बन्धित क्षेत्रबाट निर्वाचित राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरुलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको हो। अभियान टोलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कार्यरत अञ्चल र जिल्ला कमिटीका पदाधिकारी, जिल्ला सल्लाहकार र जनवर्गीय सङ्गठनका केन्द्रीय [...]
राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीचको एकता महाधिवेशनमा केन्द्रीय सदस्य छनौटका लागि भएको मतदानको परिणाम आज आउँदै छ। अध्यक्षमा सूर्यबहादुर थापा सर्वसम्मत चयन भएपनि केन्द्रीय सदस्य छनौटका लागि हिजो मतदान भएको थियो। मतदानबाट ७७ जना केन्द्रीय सदस्य छनौट हुनेछन भने ३० जनालाई मनोनयन गरिने छ। महाधिवेशनले प्रजातान्त्रिक पद्धतीलाइृ बलियो बनाउन मद्दत पुगेको नेताहरुले बताएका छन्।