विविध

  • akasmik-laf

    सरकारद्दारा बाढी पहिरोबाट पिडितलाई ४० हजार रुपैयाँका दरले राहत दिने निर्णय

    सरकारले बाढी पहिरोबाट मृत्यु भएकाहरुको परिवारलाई जनही ४० हजार रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ। मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले सुदूरपश्चिमको दार्चुलासहित देशका बिभिन्न भागमा बर्षा, बाढी, पहिरोबाट भएको जनधनको क्षति र राहतबारे छलफल गर्न बोलाउनु भएको आकस्मिक बैठकमा यस्तो निर्णय गरिएको हो। बैठकले दैवी प्रकोप उद्दार समितिको कोष ५ करोडबाट बढाएर १० करोड बनाउने [...]

  • vlcsnap-2013-06-19-reukai

    आफूलाई अन्यायपूर्वक जागिरबाट निकालिएको भन्दै युरेसिया रेयुकाईका कर्मचारी आन्दोलित

    ललितपुरस्थित युरेसिया रेयुकाईका कर्मचारीले निष्कासिन कर्मचारीको पुनर्वहालीको माग गर्दै कार्यालयमा तालाबन्दी गरेका छन्। आफूलाई अन्यायापूर्वक जागिरबाट निकालिएको भन्दै उनीहरुले तत्काल पुर्नवहाली गर्न माग गर्दै सानेपास्थित कार्यालयमा ताला लगाएका हुन्। उनीहरुले प्रशासन र व्यवस्थान बिरुद्ध चर्को नारा समेत लगाएका थिए। कर्मचारीको आन्दोलनलाई टे्रड युनियन महासंघ र अखिल नेपाल गैरसरकारी तथा अनुसन्धान श्रमिक संघले समेत समर्थन गरेको छ। [...]

  • गिटी निकासी

    गिटी निकासी

    रुपन्देही जिल्लाबाट गिटी बालुवा विदेश निकासी गर्न जिल्ला अनुगमन समितिले एघार महिनापछि स्वीकृति दिएको छ। निकासी रोकिंदा व्यवसायी मारमा परेको भन्दै समितिले रीतपुर्वक नविकरण भएका र स्वीकृत कोटामा नबढ्ने गरी निकासी गर्न सकिने निर्णय गरेको हो। जिल्ला अनुगमन समितिको बैठकले लामो समयसम्म गिटी वालुवा निकासी रोकिदा व्यवसायी मारमा परेको भन्दै निकासी गर्न दिने निर्णय गरेको [...]

  • पूर्वराजा जनकपुरमा

    पूर्वराजा जनकपुरमा

    मध्य तथा पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्कनु भएका पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरस्थित रामजानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ। मन्दिरमा पूजाअर्चनाका लागि पूर्वराजा शाह आज दिउसो बाराको सिमराबाट जनकपुर जानु भएको थियो। पूर्वराजा मन्दिरमा पूजाअर्चनाका लागि पुग्दा उहांका समर्थकले राजतन्त्रका पक्षमा नारावाजी गरेका थिए। पूर्वराजा शाहलाई आजै जनकपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ। आतिस मिश्र 

  • bhairawa

    भैरहवा लगायत भीम्मापुर र दौलतपुर गाविसका करिव तीनसय घर डुबानमा

    अबिरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले गण्डक बाँधको एघार र बाह्र नम्बर ठोकरमा क्षति पुर्‍याएको छ। एक सय ६३ मिटर लामो १२ नम्बर ठोकरको गतवर्ष एक सय १० मिटर बगाएको थियो भने यो वर्ष १२ मिटर कटान गरिसकेको छ। त्यस्तै, बाढीले ११ नम्बर ठोकरमासमेत कटान सुरु गरेको छ। ११ र १२ नम्बर ठोकर बाढीले [...]

  • अविरल वर्षाका कारण राजधानी लगायत काठमाडौंको जनजीवन पनि प्रभावित

    अविरल वर्षाका कारण राजधानी लगायत काठमाडौंको जनजीवन पनि प्रभावित

    अविरल वर्षाका कारण राजधानी काठमाडौंको जनजीवन पनि प्रभावित भएको छ। निमार्णाधीन अवस्थामा रहेका सडकमा यात्रा गर्न निकै कठिन भएको छ भने सडक पेटीमा व्यापार गर्ने व्यापारीको दिनचर्या पनि चौपट भएको छ। काठमाडौंका निर्माणाधीन सडक अहिले रोपाइं गर्न तयार पारिएको खेतका गरा जस्तै देखिएका छन्। हिलाम्मे सडक पैदलयात्रीका लागि मात्रै नभई सवारी साधनका लागिसमेत असजिला भएका [...]

  • saarc-sammelan

    महिलामाथि हुने हिंसा रोक्न राज्यले कडा कानुन बनाउनुपर्ने : सार्कस्तरीय महिला सम्मेलन

    काठमाडौंमा सम्पन्न सार्कस्तरीय महिला सम्मेलनले महिलामाथि हुने हिंसा रोक्न राज्यले कडा कानुन बनाउनुपर्ने निष्कर्ष निकालेको छ। विश्व बैंक, अक्सफाम लगायतका संस्थाहरुको आयोजनामा भएको सम्मेलनले राज्यले पीडकलाई कडा कारबाही हुने कानुन बनाए मात्र माहिलामाथि हुने हिंसा रोकिने निष्कर्ष निकालेको हो। सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, भुटान लगायतका सार्क राष्ट्रका २ सय भन्दा बढी महिलाहरुको सहभागिता थियो। सर्मिला [...]

  • griha-mantrlaya

    सरकारद्दारा बाढी पीडितलाई तत्काल राहत उपलब्ध

    सरकारले बाढी पीडितलाई तत्काल राहत उपलब्ध गराउने भएको छ। केन्द्रीय दैवी प्रकोप उद्धार समितिको आज गृहमन्त्रालयमा बसेको बैठकले बाढीबाट प्रभावित सुदूरपश्चिमका दार्चुला, कञ्चनपुर लगायतका जिल्लाका बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले बाढी प्रभावित जिल्लालाई ५०/ ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि गरेको छ। त्यस्तै सरकारले बाढीपीडितका लागि नेपाली सेनाको हेलिकप्टरबाट ५ [...]

  • fast-food

    रेष्टुरेन्टहरुमा पाउने खाना र सेवा गुणस्तरीय नभएको भन्दै आलोचना

    पछिल्लो समय रेष्टुरेन्टहरुमा पाउने खाना र सेवा गुणस्तरीय नभएको भन्दै आलोचना बढिरहेका बेला रेष्टुरेन्ट ब्यवसायीहरुले आफूहरुको सेवा सुधार्ने प्रयत्न गरेका छन्। फाष्टफुड ब्यवसायीहरुले आफनो ब्यवसायमा संलग्न कर्मचारीहरुलाई प्रशिक्षणमार्फत ग्राहकलाई दिनुपर्ने सेवा सुविधा र होटलको स्तरीयतामा ध्यान दिन लगाएका छन्। फाष्ट फुड ब्यवसायीका लागि के के आबश्यक पर्छ र त्यसमा सुधार गर्न के गर्नुपर्छ? सरकारले कुनै [...]

  • dar

    दार्चुलामा महाकाली नदीले भारत जोड्ने जौलजिवी पुल बगाए

    अविरल बर्षासंगै महाकाली नदीमा आएको बाढीले आज पनि दार्चुलाको खलंगामा कटान गरिरहेको छ। दार्चुलामा महाकाली नदीले भारत जोड्ने जौलजिवी पुल बगाएको छ। बाढीले खलंगामा निरन्तर कटान गरिरहेको छ। महाकाली अञ्चल प्रहरी कार्यालयका एसएसपी छविलाल बञ्जाडेका अनुसार खलंगामा अहिलेसम्म सरकारी र सर्वसाधारण गरी ६० भन्दा बढी घर बाढीले बगाईसकेको छ। बाढीले खलंगाका नौ वटा सरकारी कार्यालय, [...]