विदेश

  • Nijeria-Bomb

    नाइजेरियामा २ वटा आत्मघाती कार बम विष्फोटमा २० जनाको मृत्यु

    नाइजेरियामा सुरक्षा  निकायलाई लक्षित गर्दै भएका २ वटा आत्मघाती कार बम विष्फोटमा २० जनाको मृत्यु भएको छ। उत्तरपश्चिमको आगादेजस्थित सैनिक क्यापभित्र भएको विष्फोटमा १९ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । त्यस्तै, फ्रान्सद्वारा संचालित युरेनियम खानीमा भएको अर्को विष्फोटमा १ जनाको मृत्यु भएको छ। दुई छुट्टाछुट्टै स्थानमा भएको विष्फोटमा ५० भन्दा बढी घाइते भएका छन्। नाइजेरियाको [...]

  • barack-obama2

    आतंकबाद अन्त्यका लागि ड्रोन हमला उचित कदम : ओबामा

    अमेरिकी राष्ट्रपति बाराक ओबामाले निकै बिबादमा रहेको ड्रोन हमला आंतकवाद अन्त्यका लागि आवश्यक र सही रहेकेा बताएका छन्। बिद्रोही बिरद्ध आफ्नो निति सार्वजनिक गर्दै ओबामाले अमेरिका र अमेरिकी नागरिकलाई बिद्रोहीबाट सुरक्षित राख्न ड्रोन हमला उपयुक्त उपाय भएको बताएका छन्। उनले अमेरिका चरमपन्थी बिद्रोही संग युद्ध गरिरहको खुलासा गरेका छन्। ओबामाले चरमपन्थी संगठनलाई युद्धबाट रोक्न नसके [...]

  • china-pak

    पाकिस्तान र चीनबीचको सम्बन्ध बिस्तारका लागि राष्ट्रपति समक्ष पाँच बुदा प्रस्ताव

    चिनिया प्रधानमन्त्री ली कचियाङले पाकिस्तान र चीनबीचको सम्बन्ध बिस्तारका लागि राष्ट्रपति असफि अली जर्दारी समक्ष पाँच बुदा प्रस्ताव गरेका छन्। तीन दिने भारत भ्रमणपछि पाकिस्तान पुगेका लीले दुइ देशबीच उच्चस्तरीय सम्बन्ध कायम हुनुपर्ने, सहकार्यको लागी दिगो रणनीति बनाउनुपर्ने, व्यापार बिस्तारको योजना ल्याउनुपर्ने, दुई देशका जनताहरु बीच सहिष्णुतामा बृद्धि गर्नुपर्ने र क्षेत्रिय स्तरमै व्यापारिक योजना कायम [...]

  • america

    लण्डनमा सैनिक ब्यारेक अगाडि नै एक सैनिक जवानको हत्या

    बेलायतको राजधानी लण्डनमा सैनिक ब्यारेक अगाडी नै एक सैनिकको अज्ञात समूहले हत्या गरेको छ। लन्डनको दक्षिण पूर्वी वूलविच इलाकामा दुई जनाकोसमूहले धारिलो हतियार प्रयोग गरि सैनिक जवानको हत्या गरेको हो। मृतक सैनिकको घाँटीमा गहिरो चोट लागेको छ। घट्ना लगत्तै आक्रमणकारीमाथि प्रहरीले गोली चलाएको थियो। गोली लागेर घाइते भएका दुबै आक्रमणकारीको अहिले लण्डनस्थित एक अस्पतालमा उपचार [...]

  • leblan-

    लेबनानको त्रिपोली सहरमा , १० जनाको मृत्यु

    लेबनानको त्रिपोली सहरमा अलविइटी र सुन्नी समुदायबीच झडप हुंदा १० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन्। सिरियाको द्वन्द्वलाई लिएर दुई समुदायबीच झडप भएको बताइएको छ। अलविइटी सिरियाका राष्ट्रपति बसर अल असादका समर्थक हो भने सुन्नी राष्ट्रपतिको विपक्षी समुदाय हो। सिरियो बिषयलाई लिएर लेबनानका दुई समुदायबीच पछिल्लो केही दिनदेखि समय तनाव [...]

  • china

    चिनिया प्रधानमन्त्री ली कचियाङ पाकिस्तानको इस्लामाबाद पुगे

    तीन दिने भारत भ्रमणपछि चिनिया प्रधानमन्त्री ली कचियाङ पाकिस्तानको इस्लामाबाद पुगेका छन्। उनलाई विमानस्थलमा पाकिस्तानका राष्ट्रपति असिफ अलि जर्दारी र अन्तरिम प्रधानमन्त्री मिर हजार खानले स्वागत गरेका छन्। लीले पाकिस्तानी राष्ट्रपति अफि अली जर्दारी र पाकिस्तान मुस्लिम लिगका नेता नवाज शरिफसंग भेटवार्ता गर्ने बताइएको छ। दुई देशबीच व्यापार विस्तार र उर्जा उत्पादनमा सहकार्य गर्ने विषयमा [...]

  • america

    अमेरिकाको सिनेट कमिटीद्दारा आप्रवासी कानुन परिवर्तनको प्रस्तावित बिधेयक अनुमोदन

    अमेरिकाको सिनेट कमिटीले आप्रवासी कानुन परिवर्तनको प्रस्तावित बिधेयक अनुमोदन गरेकेा छ। १८ सदस्यीय सिनेटको कमिटीमा १३ जनाको बहुमतले बिधेयक अनुमोदन गरेको हो। बिधेयक अनुमोदनसंगै अमेरिकाको आप्रवासी कानुन परिवर्तनका लागी बाटो खुल्ला भएको छ। बिधेयक अनुमोदन गरेकामा अमेरिकी राष्ट्रपति बाराक ओबामाले कमिटीलाई बधाई दिनुभएको छ। अब अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएका १ करोड नागरिकले नागरिकता [...]

  • china-bharat

    भारत र चीनबीच रहेको व्यापारिक दूरी कम गर्नुपर्नेमा जोड : ली कचियाङ

    भारत भ्रमणमा रहेका चिनिया प्रधानमन्त्री ली कचियाङले भारत र चीनबीच रहेको व्यापारिक दूरी कम गर्नुपर्नेमा जोड दिएका छन्। भारतको व्यापारिक क्षेत्र मुम्बईको भ्रमणका क्रममा लीले दुवै देशबीच घरेलु व्यापार खुल्ला गरी व्यापारिक कारोबारको दूरी घटाउनुपर्ने बताएका हुन्। उनले भारतीय सामानहरुलाई चीनमा पनि महत्वपूर्ण स्थान दिइने बताएका छन्। लीले दुवै देशबीचको व्यापारिक असन्तुलन सहकार्यबाट समाधान हुने [...]

  • nawaz

    इस्लामिक विद्रोही समूह तालिवानलाई शान्ति वार्ताको लागि आह्वान

    पाकिस्तान मुस्लिम लिगका अध्यक्ष नवाज शरिफले इस्लामिक विद्रोही समूह तालिवानलाई शान्ति वार्ताको लागि आह्वान गरेका छन्। पाकिस्तानमा हालै सम्पन्न निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बनेपछि शरिफले आतंकवाद देशको सबैभन्दा ठूलो समस्या रहेको बताउंदै तालिवानलाई शान्ति वार्ताका लागि आह्वान गरेका हुन्। हतियार नै समस्याको समधान नभएको बताउंदै शरिफले शान्ति कायम गर्न सबै प्रयास खुल्ला गरिने [...]

  • ametica-storm

    अमेरिकामा चक्रवात, ९१ जनाको मृत्यु

    अमेरिकाको ओक्लाहोमा शहरमा चक्रवात आँधीका कारण ९१ जनाको मृत्यु भएको छ। ३ सय २० प्रतिघन्टाको बेगमा आएको आँधीका कारण ओक्लाहोमा शहरमा २० जना बालबालिका सहित ९१ जनाको मृत्यु भएको हो। घाइते १ सय २० जनाको उपचार भइरहेको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले उद्दार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन्। घटनामा अझै २ दर्जन नागरिकहरु फसेको हुन [...]