अर्थ-वाणिज्य

  • HTV-website-picture

    म्याग्दी जिल्लाबाट एक वर्षमा दश मेट्रिकटन भन्दा बढी जडिवुटी निकासी

    म्याग्दी जिल्लाबाट एक वर्षमा दश मेट्रिकटन भन्दा बढी जडिवुटी निकासी भएको छ । आर्थिक वर्ष २०७०/७१ मा म्याग्दीबाट विभिन्न १६ प्रजातिका दश हजार एक किलोग्राम जडिवुटी निकासी भएको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ । जडिवुटीसंगै थप २ प्रजातिका गैरकाष्ठ वन पैदावारको निकासी अनुमति दिएवापत तीन लाख ७२ हजार ५ सय ३३ रुपैया राजस्व संकलन […]

  • sikhcya

    जिल्ला शिक्षा कार्यालय सुनसरीको २४ करोड रुपैयाँ बेरुजु रहेको कार्यालयले जानकारी दिए

    जिल्ला शिक्षा कार्यालय सुनसरीको २४ करोड रुपैयाँ बेरुजु रहेको कार्यालयले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षमा खर्च भएको कुल एक अर्ब १० करोड ८० लाख रुपैयाँ मध्ये २४ करोड रुपैयाँ बेरुजु देखिएको कार्यालयले जनँएको छ । न्यून जनशक्तिका कारण बेरुजु पछ्र्यौट गर्न समस्या भएको कार्यालयले गुनासो गरेको छ । कार्यालयले जिल्लाका विभिन्न विद्यालयको बारेमा […]

  • नदी र खोलाबाट ढुंगा गिटी निकासी बन्द गरेपछि व्यवसायीको व्यवसाय त प्रभावित

    नदी र खोलाबाट ढुंगा गिटी निकासी बन्द गरेपछि व्यवसायीको व्यवसाय त प्रभावित

    सरकारले नदी र खोलाबाट ढुंगा गिटी निकासी बन्द गरेपछि व्यवसायीको व्यवसाय त प्रभावित भएको छ नै, सर्वसाधारणलाई समेत समस्या भएको छ । ढुंगा गिटी निकासी बन्द भएपछि मोरङमा सर्वसाधारण महंगो मूल्यमा निर्माण सामाग्री खरिद गर्न बाध्य छन् । ढुंगा गिटी निकासी बन्द गरेपछि खोलामा भर परेका व्यवसायी र सर्वसाधारण प्रत्यक्ष प्रभावित बनेका छन् । निकासी बन्द […]

  • loadshedding

    लोडसेडिङमा वृद्धि

    नेपाल विद्युत प्रधिकरणले भोलिबाट लागूहुने गरी लोडसेडिङ बढाएको छ । प्राधिकरणका अनुसार भोलिदेखि हप्तामा ६० घण्टा लोडसेडिङ हुने छ । सिन्धुपाल्चोकको माङ्खा जुरेमा भीषण पहिरोले सुनकोशी जल विद्युतकेन्द्रको ड्याम्पमा क्षति पुग्दा ६७ मेगावाट विद्युत अवरुद्ध भएकाले लोडसेडिङ बढाउनु परेको प्राधिकरणको दाबी छ ।

  • kana

    कान्साइ नेरोल्याक पेन्टस्ले नेपाली ग्राहकहरुको लागि नयाँ योजना ल्याए

    कान्साइ नेरोल्याक पेन्टस्ले नेपाली ग्राहकहरुको लागि नयाँ योजना ल्याएको छ । कम्पनीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ योजनाबारे जानकारी गराएको हो । नया“ योजना अनुरुप प्रत्येक २५ हजार रुपैयाँको पेन्टस् खरिदमा ग्राहकहरुले एउटा स्क्य्राच कार्ड प्राप्त गर्नेछन् । कार्डलाई स्क्य्राच गरी पेन्टस्का ब्राण्ड एम्बेस्डर शाहरुख खानको हस्ताक्षर भएको विभिन्न घडी, फ्रिज, मोबाइल तथा टिभी प्राप्त […]

  • bharatiya chember

    भारतीय उद्योगी व्यवसायीद्दारा लगानीप्रति अग्रसरता

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणका क्रममा नेपालको आर्थिक विकासको लागि सहयोग गर्न तत्पर रहेको बताएसंगै भारतीय उद्योगी व्यवसायीले लगानीप्रति अग्रसरता देखाएका छन् । पाँच दिने नेपाल भ्रमणमा रहेको भारत चेम्बर अफ कमर्सका प्रतिनिधिले आज नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसंगको भेटमा दुई पक्षिय सहकार्य गरी अघि बढ्न तयार रहेको स्पष्ट पारेको छ । भारत चेम्बर अफ कमर्सका […]

  • HTV-website-picture

    १० लाख भन्दा बढि आर्थिक सहयोग गर्ने खेल संस्थालाई सूचनाको अधिकारको दायराभित्र

    भारत सरकारले १० लाख भन्दा बढि आर्थिक सहयोग गर्ने खेल संस्थालाई सूचनाको अधिकारको दायराभित्र ल्याएको छ । सरकारले विभिन्न खेल संघलाई पटक पटक लाखौं रुपैया आर्थिक सहयोग गर्दै आएको भएपनि सूचनाको अधिकार भित्र नल्याउदा उनीहरुको गतिविधिबारे जानकारि नभएको भन्दै नया रणनीति बनाएको हो । खेलकुद तथा युवा मामिला मन्त्रालयले विज्ञप्ती जारी गर्दै भारतीय ओलम्पिक संघ सहितका […]

  • जलविद्युत विकास तथा पूर्वाधार निर्माणका लागि एक अर्ब अमेरिकी डलर सहयोग

    जलविद्युत विकास तथा पूर्वाधार निर्माणका लागि एक अर्ब अमेरिकी डलर सहयोग

    भारतले नेपालमा जलविद्युत विकास तथा पूर्वाधार निर्माणका लागि एक अर्ब अमेरिकी डलर सहयोग गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा आज दिउसो सिंहदरबारमा भएको दुई पक्षीय बैठकमा मोदीले नेपालको जलविद्युत विकास तथा पूर्वाधार निर्माणका लागि एक अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको अर्थ मन्त्री रामशरण महतले जानकारी दिनु भयो […]

  • crouser udyog

    तोकेको मापदण्डभित्र रहेर खानी तथा क्रसर उद्योग संचालन गर्न नसकिने

    नेपाल क्रसर तथा खानी उद्योग महासंघले सरकारले तोकेको मापदण्डभित्र रहेर खानी तथा क्रसर उद्योग संचालन गर्न नसकिने जनाएको छ । आज काठमाडौमा पत्रकार सम्मेलन गरी महासंघले सरकारले आपूmहरुको सुझाबलाई बेवास्ता गरी जवरजस्ती पुरानै मापदण्ड लागू गर्न खाजेको आरोप लगाएको हो । विक्रम संवत २ हजार ७० साल भदौमा जारी गरेको मापदण्ड व्यवसायीको हितमा नभएको भन्दै व्यवसायीहरुले […]

  • रिलायबल डेभलपमेन्ट बैंकद्दारा कारोबार सुरु

    रिलायबल डेभलपमेन्ट बैंकद्दारा कारोबार सुरु

    तीनवटा वित्तीय संस्था गाभिएर बनेको रिलायबल डेभलपमेन्ट बैंकले आजदेखि कारोबार सुरु गरेको छ । काठमाडौंको ज्ञानेश्वरमा रहेको बैंकको कार्यालयमा नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर युवराज खतिवडाले बैंकिङ कारोबारको उद्घाटन गर्नुभयो । रिलायबल फाइनान्स, शुभलक्ष्मी फाइनान्स र नेपाल कन्जुमर डेभलपमेन्ट बैंक गाभिएर रिलायबल डेभलपमेन्ट बैंक बनेको हो । बैंकको चुक्तापूंजी ६८ करोड २७ लाख छ । […]