अर्थ-वाणिज्य

  • sahakary-lai-sahayog

    सहकारी क्षेत्रलाई उत्पादन क्षेत्रमा प्रोत्साहन गर्न आग्रह

    सहकारी क्षेत्रलाई उत्पादन क्षेत्रमा प्रोत्साहन गर्न सरकारले बजेट विनियोजन गर्नुपर्नेमा सहकारीकर्मीहरुले जोड दिएका छन्। आज काठमाडौंमा आयोजित अन्तर्त्रि्कयामा सहकारीकर्मीहरुले सहकारी क्षेत्रलाई संख्यात्मक भन्दा पनि गुणात्मक विकास गर्दै लानुपर्ने बताएका हुन्। राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल तथा कार्यकारी सदस्य रवीन्द्र केसीले सहकारी क्षेत्रको विकासका लागि शिक्षण, तालिम तथा पूर्वाधार विकासका लागि बजेट विनियोजन गर्न पर्नेमा [...]

  • kurilo

    धादिङका किसानले जंगली कुरिलोको व्यवसायिक खेती गर्न थाले

    धादिङका किसान जंगली कुरिलोको व्यवसायिक खेती गर्न थालेका छन्। तरकारी खाने कुरिलो भन्दा जंगली कुरिलोबाट राम्रो आम्दानी हुने भएपछि किसानहरुको यसको व्यवसायिक खेतीतर्फ आकर्षित भएका हुन्। राम्रो आम्दानी हुन थालेपछि धादिङको मैदी, पिपलटार, मजुवा लगायत क्षेत्रका किसानले जडीवुटीको रुपमा प्रयोग हुने जंगली कुरिलोको व्यबसायिक खेती सुरु गरेका हुन्। जंगली कुरिलो जडीबुटीको रुपमा प्रयोग हुने र [...]

  • igt-gas

    डेनमार्कमा बनेको आइजिटी ब्राण्डको ग्याँस नेपाली बजारमा

    डेनमार्कमा बनेको आइजिटी ब्राण्डको ग्याँस सिलिण्डर रेगुलेटर नेपाली बजारमा आएको छ। नेपालका लागि आधिकारिक बिक्रेता एम आर हाइ टेक ट्रेडिङले उक्त ग्याँस सिलिण्डर रेगुलेटर नेपाली बजारमा ल्याएको हो। रेगुलेटरमा परिस्कृत लक सिस्टम रहेको तथा दोहोरो ग्याँस सिल्ड प्रविधि जडान गरिएको बताइएको छ। त्यस्तै रेगुलेटरमा इन्टेल भल्भ, एक्सेस् फ्लो भल्भ जस्ता उच्चस्तरीय सुरक्षा प्रणाली जडान गरिएको [...]

  • hundai

    हुन्डाईको “दशैं तिहारको शुभकार मेनिया” विजेतालाई पुरस्कार वितरण

    हुन्डाईको “दशैं तिहारको शुभकार मेनिया” विजेतालाई आज पुरस्कार वितरण गरिएको छ। काठमाडौंको थापाथलीस्थित हुन्डाई शोरुममा यसअघि नै लक्की ड्रबाट घोषणा गरिएका विजेताहरुलाई एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिएको हो। दशैं तिहारको शुभकार मेनिया बम्पर उपहारको विजेता गत चैत १२ गते नै घोषणा गरिएको थियो। पुरस्कार विजेता टिकाथली निवासी राजु श्रेष्ठ, कलंकी निवासी रविन्द्रराज भण्डारी र बुटवल [...]

  • rebull

    एक लाख जित्ने रेडबुल विजेतालाई पुरस्कार वितरण

    गोरखा ब्रुअरीको उत्पादन रेडबुलको क्यासफुल योजना अन्तर्गत एक लाख जित्ने दुई विजेतालाई आज पुरस्कार वितरण गरिएको छ। रेडबुल क्यासफुल योजना अन्तर्गत एक लाख विजेता गोर्खाका सानुकाजी परियार र सामाखुशीका विवेक कुमार थापालाई गोर्खा ब्रुअरीका बजार व्यवस्थापन निर्देशक पौल ओलिबिएर क्लौडपिएरीले एक/एक लाखको चेक हस्तान्तरण गर्नुभयो। रेडबुल क्यासफुल योजना अन्तर्गत यसअघि पाँच जनाले नगद एक लाख [...]

  • nakali-note

    हजार र पांचसय दरका भारतीय नोटको कारोबारमा रोक

    नेपालमा हजार र पांचसय दरका भारतीय नोटको कारोबारमा रोक लगाइएको छ। सक्कली नोटकै कारोबारमा रोक लगाइए पनि नक्कली नोटको कारोबार भने फस्टाएको पाइएको छ। हवाइ मार्गबाट नेपाल प्रवेश गर्ने त्रिुभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर जाली नोटको ओसार पसार हुने गरेको छ । नक्कली नोट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सक्कली भन्सारकै बाटो भएर बाहिरिने गरेका छन्। भन्सार कार्यालयबाटै [...]

  • sahakari

    धौलागिरी अञ्चलका ७७ वटा सहकारी संस्था खोरेज

    सहकारी डिभिजन कार्यालय बागलुङले धौलागिरी अञ्चलका ७७ वटा सहकारी संस्थाको खोरेजी प्रक्रिया अघि वढाएको छ। निस्कृय रहेका सहकारी संस्थाले कार्यालयको आग्रह अनुसार विवरण नपठाएपछि खारेजी प्रक्रिया अघि बढाइएको हो सहकारी डिभिजन कार्यालय बागलुङले पर्वतका ४२ वटा, बागलुङका २६, म्याग्दीका पाँच र मुस्ताङका चार सहकारी संस्था खारेज प्रक्रिया अघि वढाएको हो। ती सहकारी संस्था सहकारी ऐन [...]

  • gas-ka-kura

    असारको पहिलो सातादेखि दुई रङका ग्यांस सिलिण्डर ल्याउने नेपाल आयल निगमको तयारी

    नेपाल आयल निगमले असारको पहिलो सातादेखि दुई रंङका ग्याँस सिलिण्डर ल्याउनेगरी तयारी तीव्र रुपमा भइरहेको जनाएको छ। आज काठमाडौमा भएको अन्तर्क्रियामा निगमका निमित्त कार्यकारी निर्देशक जयराज आचार्यले विगतमा सरोकारवालाहरुको असहयोगका कारण दुई रंगका सिलिण्डर कार्यान्वयनमा ल्याउन नसकिएको बताउनुभयो। निगममा प्राप्त ३ लाख कार्डमध्ये २ लाख २१ हजार कार्डको इन्ट्री गरिएको र त्यसमध्ये १ लाख ९५ [...]

  • loadshedding

    नेपाल विद्युत प्राधिकरणले दैनिक २ घण्टा लोडसेडिङ घटाए

    नेपाल विद्युत प्राधिकरणले आजबाट दैनिक २ घण्टा लोडसेडिङ घटाएको छ। वर्षाका कारण पानीको सतह बढेपछि लोडसेडिङ घटाउन सम्भब भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आजबाट लागु हुनेगरी नयाँ तालिका समेत सार्वजनिक गरेको छ। अहिले करीब ९ सय मेगावाट विद्युतको माग रहेपनि ५ सय ८० मेगावाट मात्र आपुर्ति हुँदै आएको छ। नेपालले भारतबाट मात्रै करीब १ सय ७० [...]

  • जथाभावी रुपमा लाञ्छाना लगाइएको भन्दै सुनचांदी तथा गरगहना व्यवसायीहरुले आपत्ति जनाए

    जथाभावी रुपमा लाञ्छाना लगाइएको भन्दै सुनचांदी तथा गरगहना व्यवसायीहरुले आपत्ति जनाए

    आफूहरुमाथि जथाभावी रुपमा लाञ्छाना लगाइएको भन्दै सुनचांदी तथा गरगहना व्यवसायीहरुले आपत्ति जनाएका छन्। राष्ट्रिय उपभोक्ता मंचले आज आयोजना गरेको अन्तर्क्रियामा व्यवसायीहरुले आफूहरुमाथि अनावश्यक लान्छाना लगाइएको गुनासो गरेका हुन्। सुनचांदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य र सुनचांदी तथा रत्न आभूषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनले आफूहरुमाथि अनावश्यक रुपमा लान्छाना लगाउन नहुने बताउनुभयो। सोही कार्यक्रममा वाणिज्य तथा आपूर्ति [...]