आज बिश्व रक्तदाता दिवस, नेपालमा पनि ‘रक्तदान जीवनको उपहार’ भन्ने नाराका साथ बिभिन्न कार्यक्रम गरी मनँइदै छ। ब्लड डोनर्स एशोसियसन, रेडक्रस लगायत लगायत बिभिन्न समाजिक संघसंस्थाले चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाउँदैछन्। आज धेरै पटक रक्तदान गर्ने व्यक्ति र रक्तदानका कार्यक्रम आयोजना गर्ने संस्थाहरुलाई समेत सम्मान गरिदै छ। सन २००४ बाट बिश्वमा रक्तदाता दिवस मनाउन [...]
रसुवाको गोसाइंकुण्डमा गंगा दशहरा मेला सुरु भएको छ। दश दिनसम्म लाग्ने मेला जेष्ठ शुक्ल प्रतिपदाबाट सुरु भई दशमीमा सम्पन्न हुने गर्दछ। मेला सुरु भएसंगै मेलामा सहभागी हुन देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत तीर्थालुहरु गोसार्इंकुण्ड पुग्ने क्रम सुरु भएको छ। कुण्डमा स्नान गरी गोसाईंबाबा शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुका साथै [...]
वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज ललितपुरको जावलाखेलमा मच्छिन्द्रनाथको भोटो देखाइएको छ। राष्ट्रपति डाक्टर रामवरण यादवको उपस्थितिमा गुठी संस्थान ललितपुरका अधिकारीहरुले मच्छिन्द्रनाथको भोटो देखाएका हुन्। भोटो देखाउने जात्रामा राष्ट्रप्रमुख पनि सहभागी हुने परम्परा रहेको छ। भोटो देखाउने जात्रामा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु तथा विभिन्न संघ संस्थाका [...]
आज जुन ५ अर्थात बिश्व वातावरण दिवस। ‘सोचेर खाऔं, खाना खेर नफालौं, वातावरण जोगाऔं’ भन्ने नाराका साथ नेपालमा पनि वातावरण सम्बन्धी चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइदै छ। वातावरण सम्बन्धी काम गरिरहेका बिभिन्न संघसंस्थाले र्याली, गोष्ठी, सरसफाइ तथा बृक्षारोपण गरी यो दिवस मनाइरहेका छन्। पछिल्लो समयमा नेपालमा जल, वायु, ध्वनी र माटो सम्बन्धी प्रदुषण बढिरहेको [...]
आज जातिय विभेद उन्मूलन दिवस। नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको ७ बर्ष पुगेको उपलक्ष्यमा बिभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ। २०६३ जेठ २१ गते आजकै दिन मुलुक छुवाछुत मुक्त राष्ट्र भएको घोषणा गरिएको थियो। अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सन्देश जारी गर्दै जातिय बिभेद तथा छुवाछुत उन्मुलन गर्न सबै एक हुनुपर्ने बताउनु भएको [...]
विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा नेपालकै पर्याय हो। नेपाल र नेपालीका लागि सगरमाथा गौरवको विषय हो। संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा चढ्न कुनै बेला कम चुनौति थिएन। तर, ६० वर्षअघि सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथामा मानव पाइला राखेका थिए। कान्छा शेर्पा, ६० वर्ष अघि सगरमाथा आरोहण गर्ने आरोहण दलका सदस्यमध्ये [...]
नागरिक समाज र पेशकर्मीहरुले भने सरकारी कार्यक्रम बहिष्कार गर्दै नयाँ बानेश्वरमा छुट्टै कार्यक्रम गरिरहेका छन्। राष्ट्रपति, सरकार र प्रमुख दलका नेताहरुले जनबिरोधी काम गरिरहेको भन्दै उनीहरुले सरकारी कार्यक्रम बहिष्कार गरी छुट्टै कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रमलाई नागरिक समाजका प्रतिनिधि, नेपाल बार एशोसियसनका पदाकारी लगायत बिभिन्न पेशागत संघ संस्थाका प्रतिनिधिले सम्बोधन गरिरहेका छन्। कार्यक्रमलाई समर्थन गर्दै [...]
आज छैटौं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ। २०६२/२०६३ को जनआन्दोलन पछि नेपालमा विद्यमान राजतन्त्रको अन्त्य भएर नेपालीहरुले गणतन्त्रात्मक नेपालको अनुहार हेरेका थिए। १९ दिनसम्म भएको आन्दोलनपछि अन्ततः तत्कालिन राजा ज्ञानेन्द्रले जनताको नाशो जनताको हातमा फर्काएको घोषणा गरेका थिए। आन्दोलनमा २१ जनाले सहदात प्राप्त गरेका थिए भने पाँच हजार भन्दा बढी घाइते भएका थिए। [...]
साहित्यकार उषा शेरचनको पहिलो कथा संग्रह ‘तेस्रो रङ्ग’ बजारमा आएको छ। रत्न पुस्तक भण्डारले प्रकाशन गरेको यो कथा संग्रह आज काठमाडौंमा लोकार्पण गरियो। मुक्तक, कविता र गीत लेखनबाट परिचित शेरचनले दुई वर्षको मेहनतबाट कथा संग्रह तयार पार्नुभएको हो। पुस्तक लोकार्पण समारोहमा डाक्टर वानिरा गिरी, कवयित्री मोमिला र डाक्टर दयाराम श्रेष्ठ लगायतका वक्ताले शेरचनको कथा संग्रहमाथि [...]
पत्रकार तथा साहित्यकार कृषण सेन इच्छुकको आज एघारौं स्मृति दिवस। राजधानी लगायत देशका बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी उनको सम्झना गरिदैछ। राजधानीमा क्रान्तिकारी पत्रकार सङघले प्रभातफेरी गरेको छ। शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरी भृकुटीमण्डपमा पुगी कोण सभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादीका नेता कार्यकर्ताले कृषण सेनका हत्यारालार्इँ कारवाही नभएकोमा आक्रोश पोखेका [...]