Main News

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्न संसदीय समिति गठन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २५ गते १८:१९
पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्न संसदीय समिति गठन (भिडियो रिपोर्टसहित)

२५ माघ २०७८ काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्न संसदीय समिति गठन भएको छ ।

संघीय संसदअन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद दुर्गा पौडेलको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको हो ।

खेम लोहनी र लक्ष्मी परियार सदस्य रहेको ३ सदस्यीय उपसमितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुको साटो वैकल्पिक व्यवस्था गरेर जनतालाई राहत दिने व्यवस्था गर्न सुझाव दिनेछ ।

बैठकमा समितिका सदस्यहरुले नेपालभित्र पेट्रोलियम पदार्थको अन्वेषणको कामलाई तीव्र गतिका साथ अघि बढाउन सरकारसँग माग गरेका छन ।

सांसदले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण र विद्युत खपत बढाएर पेट्रोलियम पदार्थबाट हुने घाटा कम गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने खरिदभन्दा विक्री मूल्य कम भएकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु परेको जिकिर गर्नुभयो ।

उहाँले आयल निगम घाटामा गएकाले सरकारसँग आवश्यक कोषको व्यवस्था गर्न आग्रह गरिएको पनि बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *