Main News

मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

हिमालय टिभी
२०७७ फागुन ११ गते १३:१८
मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

११ फागुन २०७७ काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदको बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा र संसद विघटन सम्बन्धी मुद्दामा सर्वोच्चले फैसला गरेपछिको संभावित जोखिमका बारेमा विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा झण्डै दुई घण्टा यसबारे छलफल भएको छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा रक्ष, गृह, परराष्ट्र, अर्थ मन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने संवैधानिक प्रावधान छ ।

राष्ट्रिय सुरक्षा परिषदको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद बैठकले विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध हटाउन सक्ने बताइएको छ ।

आजै बेलुकी प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखलाई समेत छलफलका लागि बोलाएका छन् । संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा सुनुवाई भइरहेको छ ।

सर्वोच्च अदालतमा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको वैधानिकता परीक्षणको अन्तिम घडीमा प्रधानमन्त्रीले सक्रियता बढाउनुभएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच हिजो भएको भेटले राजनीतिक वृत्तलाई तरंगित बनाइरहेका बेला बोलाइएको सुरक्षा परिषद् र मन्त्रिपरिषद्को बैठकलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *