नेपालगंज नाकाबाट जडीबुटी निकासी हुन सकेन

Written by admin. Posted in विविध

Published on April 01, 2013 with

सरकारले निकासी शूल्कमा तेहेरो कर लगाएपछि नेपालगंज नाकाबाट जडीबुटी निकासी हुन सकेको छैन। ६ महिनादेखि निकासी नहंुदा करोडौ मूल्यको जडीबुटी खेर गएको छ। नेपाल सरकार र उत्तर प्रदेश सरकारले रिठ्ठा जडीबुटीमा नपर्ने भन्दै करमा वृद्धि गरेपछि नेपालगन्जमा १२ सय टन रिठ्ठा सडेको व्यवसायीले गुनासो गरेका छन्। सरकारले जिल्ला विकास समिति, वन कार्यालय र भन्सार कार्यालय गरी तीन ठाउंमा कर तिर्नुपर्ने व्यवस्था गरेको र उत्तर प्रदेश सरकारले निकासीमा रोक लगाएका कारण समस्या भएको व्यवसायीले बताएका छन्। 

तेहेरो कर लगाएतका कारण प्रतिकिलो पन्ध्र रुपैयांमा बिक्रि हुने रिठ्ठाको नौ रुपैया कर तिर्नुपर्ने हुन्छ। भारत र नेपालबीच भएको व्यापार सम्झौता अनुसार भारत सरकारले निकासीमा रोक लगाएपछि काउलो, पदमचाल, तेजपत्तालगायतका जडीबुटीसमेत सड्ने अवस्थामा पुगेको व्यवसायीले गुनासो गरेका छन्। मध्य र सुदूरपश्चिका पहाडी जिल्लाबाट संकलन गरी जडीबुटी नेपालगंज नाका हुंदै निकासी हुने गरेको छ। व्यवसायीले निकासी शूल्क वृद्धि गर्दा आफुहरु मारमा परेको भन्दै शूल्क घटाउन र भारतीय पक्षसंग कुराकानी गरी समस्या समाधान गर्न माग गरेका छन्।

सोवाराम डांगी 

facebook comments:

Leave a Comment