सुन कारोबार ठप्प

Written by admin. Posted in अर्थ-वाणिज्य

Published on August 27, 2012 with

पछिल्लो दुई साताको समयमा सुनमा भएको लगातारको मुल्यवृद्धिले सुन अब मध्यमवर्गको पंहुचभन्दा निकै माथिको धातु बन्न पुगेको छ। तीजमा एकदुई तोला सुन जोडेर सम्पतिसहित सामाजिक प्रतिष्ठा बढाउंला भन्ने महिलाहरु सुनको मुल्य सुनेर हच्किएका छन्।

नेपाली संस्कृति अनुसार विवाह, चाडपर्व वा अन्य कुनै सामाजिक सांस्कृतिक कार्यहरुका लागि सुनको प्रयोग गरिन्छ। हिन्दु धर्मअनुसार गरिने धार्मिक कार्यका लागि सुन अनिवार्य जस्तै मानिन्छ। सामाजिक इज्ज्त र र प्रतिष्ठासगं पनि यो पहेलो धातु जोडिन्छ। प्रचलन, प्रतिष्ठा र सुरक्षित सम्पतिका रुपमा लिइने सुन किन्न अब सजिलो रहेन, आकासिंदो मूल्यका कारण यो जो कोहीको बसमा रहेन। हिन्दू महिलाहरुको महान् चाड तीज नजिकिरहेको छ। केही तोला सुन जोडेर आफुलाई प्रतिष्ठित देखाउन चाहने महिलाहरु यसपटक सुनको मुल्य सुनेर आश्चार्य मान्ने अवस्थामा पुगेका छन्। सुनको मुल्यमा भएको वृद्धिले सुन किन्ने उनीहरुको सपना टुटे सरह भएको छ।

चाडपर्व नजिकिदै गर्दा उच्च रहने सुनको कारोबार यसपटक मुल्यकै कारण ठप्प जस्तै छ। सोमबार सुनको मुल्य हालसम्मकै सर्वाधिक उच्च ५९ हजार ४ सय भएको छ। डलरको अवमूल्यन भएपछि अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि हुदा र सुनलाई सुरक्षित लगानीका रुपमा खरिद गर्ने क्रम एक्कासी बढेपछि नेपाली बजारमा सुनको भाउ आश्चर्यजनक रुपमा बृद्धि भएको हो।

सुनको भाउमा बढ्दै गएको कीर्तिमानले सुनको कारोबारमा असर परेको सुन व्यापारी बताउंछन्। चाडपर्व नजिकिंदा सुन बजार केही उकालो लाग्थ्यो तर, यतिबेला सुन पसल विहान खोल्ने र सांझ बन्द गर्ने अवस्थामा पुगेका छन्। कारोबार ठप्प प्रायः छ।

facebook comments:

Leave a Comment