Articles Posted on August 22nd, 2012

  • khop-abhiyan

    खोप अभियान

    सरकारले पांच वर्षमुनिका बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै मुलुकभर खोप अभियान सञ्चालन गरेपनि सरकारको खोप कार्यक्रम शंकाबाट मुक्त भने हुन सकेको छैन। डोटीमा खोपकै कारण चार बालबालिकाको मृत्यु भएको खबर सार्वजनिक भएपछि खोप कार्यक्रम प्रभावित हुने देखिएको छ। डोटीमा खोपकै कारण चार बालबालिकाको मृत्युभएको खबर सार्वजनिक भएलगतै आम जनमानसमा त्रास उत्पन्न भएको छ। यद्यपि सरकारी अधिकारीहरु [...]

  • real-school

    रियल जुस स्कुल अफ नेपाल २०१२ को प्रतिस्पर्धा सुरु

    डाबर नेपालको उत्पादन रियल जुसले रियल जुस स्कुल अफ नेपाल २०१२ को प्रतिस्पर्धा सुरु गरेको छ। पूर्वाञ्चलको विराटनगर, मध्यमाञ्चलको काठमाडौं र पश्चिमाञ्चलको पोखरा गरी तीन स्थानमा हुने अडिसन अन्तर्गत रियलले आजदेखि पूर्वको विराटनगरमा अडिसन सुरु गरेको हो। कक्षा ५ देखि ८ सम्म तथा ९ र १० का गरी दुई भागमा विभाजन गरिएको प्रतियोगितामा विभिन्न ६ [...]

  • kathmandu-sadak

    राजधानीमा नयां सुरक्षा

    लुटपाटदेखि हत्यासम्मका घटनाले राजधानीवासी त्रसित छन्। सुरक्षा व्यवस्था सुधार गर्न प्रहरीले बेला बेलामा विशेष सुरक्षा योजना पनि अघि सार्छ। तर, अवस्थामा सुधार आउन भने सकेको छैन। केही दिनअघि राजधानीको व्यापारिक केन्द्र न्यूरोडस्थित एक पसलबाट करिब बीस लाख बराबरको सामान चोरी भएको थियो। रातको समयमा भएको उक्त चोरीमा कुनै व्यावसायिक चोर भन्दा उक्त पसलबारे जानकार व्यक्तिहरुनै [...]

  • kenys

    केन्याको दक्षिण पूर्वी क्षेत्रमा भएको जातीय दंगामा ४८ जनाको मृत्यु

    केन्याको दक्षिण पूर्वी क्षेत्रमा भएको जातीय दंगामा ४८ जनाको मृत्यु भएको छ। केन्याको दक्षिणपूर्वी क्षेत्रस्थित ताना रिभर जिल्लामा र्ओमा र पोकोमो दुई जातिबीच भएको झडपमा ४८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। मृत्यु हुनेमध्ये अधिकाशंलाई जिउंदै जलाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन्। जातीय दंगमा ३१ महिला, ११ जना बालबालिका र ६ जना पुरुषको मृत्यु भएको छ। [...]

  • bisesh-samiti

    विशेष समिति

    सेना समायोजन विशेष समितिको म्याद सकिएको छ दिन भइसकेको छ। समितिको म्यादका विषयमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गृहकार्य थालेको भनिएपनि मन्त्रिपरिषद्ले औपचारिक रुपमा कुनै निर्णय गरिसकेको छैन। समायोजन प्रक्रियाका साथै स्वेच्छिक अवकाशमा गएका लडाकुहरुलाई दिनुपर्ने दोस्रो कित्ताको रकम वितरणसमेत अन्यौलमा पर्ने हुंदा म्याद थप अन्तिम विकल्प भएको समितिको सचिवालय संयोजक बालानन्द शर्माको भनाइ छ। राजनीतिक [...]

  • city-center

    कमलपोखरीमा रहेको व्यापारिक भवन सिटी सेन्टरमा आगलागी

    काठमाडौको कमलपोखरीमा रहेको व्यापारिक भवन सिटी सेन्टरमा आज आगलागी भएको छ। दिउसो करिव १ बजेतिर सिटीसेन्टरको भूइँतलास्थित पार्किङ क्षेत्रमा रहेको जेनरेटर तातेर आगो लागेको हुन सक्ने बताइएको छ। आगलागीबाट जेनेरेटरमा क्षति पुगेपनि मानवीय क्षति भने भएको छैन। आगलगीको हल्लासंगै सिटी सेन्टरमा भागदौड मच्चिएको थियो। आगलागी तल्लो तलाबाट अन्यत्र सर्न नपाएकोले क्षति कम भएको बताइएको छ। [...]

  • Barsa-man-pun

    उपभोग्य वस्तुमा भएको अस्वमभाविक मुल्यवृद्धि रोक्न सरकारको प्रयास

    अर्थमन्त्री वर्षमान पुनले केही उपभोग्य वस्तुमा भएको अस्वमभाविक मुल्यवृद्धि रोक्न सरकारले प्रयास थाल्ने बताउनुभएको छ। काठमाडौ फर्कने क्रममा आज विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै मन्त्री पुनले चिनी, चामल लगायत केही उपभोग्य वस्तुमा अस्वाभाविक मूल्य बढेकोमा सरकारको ध्यान केन्द्रीत भएकाले कालोबजारी रोक्न सरकारले फेरि बजार अनुगमनलाई तीब्रता दिने बताउनुभयो। उंहाले पूर्ण बजेट सम्भव नभए पनि आंशिक [...]

  • Saradh-Singh-Bhandari

    एकीकृत नेकपा माओवादी मोर्चाबन्दी गरेर देशलाई विभाजनको संघारमा पुर्‍याएको आरोप : शरत्सिंह भण्डारी

    राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले एकीकृत नेकपा माओवादीले मोर्चाबन्दी गरेर देशलाई विभाजनको संघारमा पुर्‍याएको आरोप लगाउनुभएको छ। विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष भण्डारीले ठूलो दल भएको नाताले राष्ट्रिय सहमतिका लागि पहल गर्नुपर्नेमा माओवादीले मोर्चाबन्दी गरेर देशलाई विभाजनतिर लगेको आरोप लगाउनुभयो। उंहाले सबै दललाई समेटेर लानुपर्ने बेलामा केही दलसंग सहकार्य गरेर मोर्चाबन्दी गर्ने [...]

  • khum-bahadur-khadka

    खुमबहादुर खड्कालाई १८ लाख ९४ हजार रुपैयाँ छुट र एक वर्ष २ महिना ९ दिन जेल सजाय

    साउन ३० मा सर्वोच्चद्वारा भ्रष्टचारी ठहर गरिएका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का नौ दिनपछि निर्णय स्वीकार गर्दै जेल चलान भएका छन्। कुनै बेला नेपाली कांग्रेस भित्र अत्यन्त प्रभाव जमाएका र कार्यकर्ता माझ पनि प्रिय मानिने नेता खड्का जेल जांदै गर्दा पूर्वाग्रहपूर्वक आंफुलाई फसाइएको आरोप लगाउंदै थिए। साउन ३० मा सर्वोच्चद्वारा भ्रष्टाचारी ठहर भएपछि [...]

  • खुमबहादुर खड्का कारागार चलान

    खुमबहादुर खड्का कारागार चलान

    सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री खुमबहादुर खड्का आज कारागार चलान भएका छन्। अपरान्ह जिल्ला अदालत काठमाडौं हाजिर भएका खड्कालाई त्यहीबाटै कारागार चलान गरिएको हो। खड्कालाई डिल्लीबजार कारागार लगिएको छ। सर्वोच्च अदालतले साउन तीस गते भ्रष्टाचार मुद्दामा खड्कालाई दोषी ठहर गर्दै डेढ वर्ष कैद र पचासी लाख बिगो तथा त्यतिनै जरिवानाको [...]