दुई दिने तेस्रो थाइल्याण्ड शैक्षिक मेला सम्पन्न

Written by admin. Posted in अर्थ-वाणिज्य

Published on August 20, 2012 with

थाइल्याण्डको आन्तरिक तथा बाह्य विद्यार्थीका लागि अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण बनाउने उद्देश्यका साथ आयोजित दुई दिने तेस्रो थाइल्याण्ड शैक्षिक मेला सम्पन्न भएको छ। निर्यात प्रवर्द्धन विभाग थाइल्याण्ड र नेपाल थाइल्याण्ड ट्रेड कोअपरेशनको संयुक्त आयोजनमा सम्पन्न शैक्षिक मेलामा थाइल्याण्डका विभिन्न उच्चस्तरीय विश्वविद्यालय सहभागी रहेका थिए। पछिल्लो समयमा नेपाली विद्यार्थीहरु थाइल्याण्डमा उच्च शिक्षाका लागि जान इच्छुक भएका र थाइल्याण्ड उच्च शिक्षाका लागि राम्रो गन्तव्य बन्न सक्ने उद्देश्यका साथ आयोजना गरिएको शैक्ष्ँिक मेलामा करिब तीन हजार विद्यार्थिहरु सहभागी भएको आयोजकको दाबी छ।

शैक्षिक मेलाको अन्तिम दिन मेलाको समाचार प्राथमिकताका साथ प्रसारण गरेको भन्दै हिमालय टेलिभिजन लगायत विभिन्न सहयोगीहरुलाई सम्मानसमेत गरिएको थियो। थाइल्याण्डमा जाने विद्यार्थिहरुको संख्या अठार हजारको हाराहारीमा रहेको बताइन्छ। थाइल्याण्डले नेपालमा प्राथमिक, माध्यमिक तथा उच्च शिक्षा र अन्य कार्यक्रममा सहयोग पुर्‍याउंदै आइरहेको जनाएको छ।

मिलन 

facebook comments:

Leave a Comment