राष्ट्रपति डाक्टर रामबरण यादबले सरकारले प्रस्तुत गरेको २ बटा अध्यादेशको सान्दर्भिकता नभएको भन्दै जारी गर्न अस्वीकार गर्नुभएको छ। राष्ट्रपति कार्यालयले आज एक बिज्ञप्ति प्रकाशित गरि सरकारले गत साउन १२ गते राष्ट्रपति डाक्टर रामबरण यादब समक्ष पेश गरेको निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र संबिधान सभा सदस्य निर्वाचन अध्यादेश २०६९ को जारी गर्नुको सान्दर्भिकता नरहेको स्पष्ट पारेको हो। निर्वाचन आयोगले सरकारले घोषणा गरेको मंसिर ७ गतेको निर्वाचन हुन नसक्ने जनाइसकेको अबस्थामा निर्वाचन सम्बन्धी अध्यादेशहरुको सान्दर्भिकता नभएको राष्ट्रपति कार्यालयले स्पष्ट पारेको हो।









There are currently no comments on अध्यादेश अस्वीकार. Perhaps you would like to add one of your own?