बालकृष्ण आचार्य जमानतमा रिहा

Written by admin. Posted in विदेश

Published on August 16, 2012 with

भारतीय योगगुरु रामदेवका सहयोगी बालकृष्ण आचार्य जमानतमा रिहा हुने भएका छन्। उत्तराखण्ड अदालतले आचार्यलाई जमानतमा रिहा हुन आदेश दिएको हो। आचार्य १० लाख धरौटीमा रिहा हुने अदालतले फैसला गरेको हो। भारतीय गुप्तचार विभाग सीबीआईको सहयोगमा उत्तराखण्ड प्रहरी विभागले उनलाई गत जुलाई २० मा हरिद्वारबाट पक्राउ गरेको थियो।

आचार्य बालकृष्णविरुद्ध नक्कली कागजातको प्रयोग गरी पासपोर्ट बनाएको भन्दै केन्द्रीय अनुसन्धान बिभाग सीबीआईले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। पासपोर्टको नियम उल्लघंन गरेको आरोपमा उनीविरुद्ध गैर जमानत वारेन्ट जारी गरिएको थियो। त्यस्तै हरिद्वारमा रहेको रामदेवको पतंजली योगपीठमा खाद्य सुरक्षा विभागले छापा मारेको छ। पतंजलीका उत्पादनहरु योग्य भए नभएको भन्दै जांच गर्न केही नमुनासमेत लगिएको बताइएको छ। रामदेवको पतंजलीका उत्पादनहरु नेपालमा पनि बिक्री हुने गरेको छ।

facebook comments:

Leave a Comment