शुक्रवारदेखि उपत्यकामा संचालन हुने रात्री यातायात सेवाको सम्पुर्ण तयारी पुरा भएको छ। आज काठमाडौ महानगरपालिकाले पत्रकार सम्मेलन गरी शुक्रवारदेखि उपत्यकाको काठमाडौ र लतितपुर जिल्लामा चल्नेगरी १४ बटा रात्री वस संचालनको तयारी पुरा भएको जानकारी गराएको हो। काठमाडौ महानगरपालिका र नेपाल यातायात राष्ट्रिय महासंघको संयुक्त पहलमा बेलुकी आठ बजेदेखि ११ बजेसम्म रात्री वस संचालन हुनेछ। १४ [...]
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था नेफ्स्कूनले आफू मातहतको संस्था अन्तरगत २५ अर्ब भन्दा बढी रकम जम्मा भएको र सो रकम उत्पादमुलक एवं रोजगारमूलक क्षेत्रमा ऋण प्रवाह गरिएको बताएको छ। आफ्नो २५ औं स्थापना दिवास एवं रजत जयन्तीका अबसरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो। नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघमा आवद्ध सहकारी [...]
भारतीय योगगुरु रामदेवका सहयोगी बालकृष्ण आचार्य जमानतमा रिहा हुने भएका छन्। उत्तराखण्ड अदालतले आचार्यलाई जमानतमा रिहा हुन आदेश दिएको हो। आचार्य १० लाख धरौटीमा रिहा हुने अदालतले फैसला गरेको हो। भारतीय गुप्तचार विभाग सीबीआईको सहयोगमा उत्तराखण्ड प्रहरी विभागले उनलाई गत जुलाई २० मा हरिद्वारबाट पक्राउ गरेको थियो। आचार्य बालकृष्णविरुद्ध नक्कली कागजातको प्रयोग गरी पासपोर्ट बनाएको [...]
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज चितवनका विभिन्न पहाडी विकट गाविसको भ्रमण गर्नुभएको छ। प्रधानमन्त्रीले विन्देश्वरी गामवेसी चेपाङ घरको निरीक्षण गरी त्यहां रहेका चेपाङ बालबालिकाहरुसंग भेट गर्नुभयो। प्रधानमन्त्रीले त्यंहाका बालबालिकाहरुका लागि आफ्नो तर्फबाट १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा समेत गर्नुभयो। प्रधानमन्त्रीलाई भेट्न पाउंदा निकै उत्साहित बनेका चेपांङ घरका बालबालिकाहरुले गीत गाएर प्रधानमन्त्रीलाई सुनाएका थिए। चेपाङ् [...]
काठमाडौंको चाबहिलस्थित जनरल फाइनान्स कम्पनीले खाली चेक दिएर गठी गरेको भन्दै सेवाग्राहीले गुनासो गरेका छन्। राजधानीमा आज पत्रकार सम्मेलन नै गरेर सेवाग्राहीहरुले फाइनान्सले आफुहरुलाई रकममै नभएको खाली चेक भिराएर आफ्नो नगद रकम ठगी गरेको आरोप लगाएका हुन्। फाइनान्सले रकम नै नभएको चेक दिएर ठगी गरेको भन्दै प्रहरी र नेपाल राष्ट्र बैंकमा उजुरी गर्दा पनि सुनुवाइ [...]
नेपाली उखान छ मर्नुभन्दा बहुलाउनु निको। अहिले यस्तै छ्टपटीमा सडकमा आक्रोश पोखिरहेका छन् मृगौला पीडितहरु। एक साता भन्दा बढी आमरण रिले अनसनमा बस्दा पनि सरकारले टेर पुच्छर नलगाएको भन्दै मृगौला पीडितहरुले नेपाली नागरिकता परित्याग गर्ने घोषणा गरेका छन्। आर्थिक अभावका कारण उपचार गराउन नसक्ने अवस्थामा पुगेका मृगौला रोगीहरु हुल बाधेर राष्ट्रपति भबन शितल निवास पुगेका थिए। [...]
जातीय पहिचानका लागि छुट्टै पार्टी निर्माण गर्ने जनजाति नेताहरुले बताइरहेका बेला खस क्षेत्री एकता समाजले जातीय पहिचानसहितको संघीयताविरुद्ध मोर्चाबन्दी गर्ने बताएको छ। राजधानीमा आज एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै जातीय आधारमा राज्यपुर्नसंरचना गरिए देशमा जातीय द्वन्द्व सृजना हुने बताउंदै समाजले जातीय पहिचानका राज्यविरुद्ध मोर्चाबन्दी गर्ने बताएको हो। विभिन्न जातजातिहरुसंगको छुट्टै मोर्चाबन्दी गरी जातीय पहिचानविरुद्ध उत्रने [...]
अज्ञात समूहले महोत्तरी गौशालाका नागेन्द्रकुमार साहलाई आज बिहान अपहरण गरेको छ। घरैमा बसेका साहलाई आज बिहानै दुईवटा मोटरसाइकलमा आएका चारजनाको समूहले अपहरण गरी लगेको परिवारले बताएको छ। परिवारले अपहरणको जानकारी गराएलगत्तै प्रहरीले खोजी कार्य तीव्र पारेको छ। प्रहरीले साहको कसले र किन अपहरण गरेको भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ। इश्वरी काफ्ले
आंउदो सेप्टेम्बरमा मलेसियामा सन्चालन हुने आइसीसी डिभिजन फोर खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय टोली अभ्यासका लागि भोलि श्रीलंका जाने भएको छ। नेपाल क्रिकेट संघका अनुसार प्रतियोगिताको पूर्व सन्ध्यामा नेपालले श्रीलंकामा करीब १५ दिन विशेष प्रशिक्षण गर्नेछ। त्यसका क्रममा श्रीलंकाका केही क्लबहरुसंग अभ्यास म्याचसमेत खेल्ने बताइएको छ। सेप्टेम्बर १ देखि १० सम्म मलेसियामा हुने डिभिजन फोरमा [...]
नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक पार्टी कार्यालय सानेपामा जारी छ। बैठकमा पार्टी भित्रको आन्तरिक विवाद समाधानका विषयमा छलफल भइरहेको सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए। बैठकमा असन्तुष्ट वरिष्ठ नेता शेरबहादुर देउवासहित उहांपक्षधर केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहेकेा छ। सभापति सुशील कोइरालाले एकलौटी रुप्मा विधानविपरीत पार्टीको विभाग र अञ्चल संयोजक चयन गरेको भन्दै देउवा पक्षका नेताहरुले [...]