पेप्सी ड्रिङ्क ड्राइभको बम्पर उपहार लालकुमारी दाहाललाई प्रदान गरिएको छ। पेप्सी ड्रिङक ड्राइभ प्रवर्द्धन अभियानको गोला प्रथामा दाहाललाई सुजुकी अल्टो कार उपहार प्राप्त भएको थियो। राजधानीमा आज एक कार्यक्रम गरी पेप्सी कम्पनीले सो उपहार प्रदान गरेको हो। पेप्सीको अभियान अर्न्तगत अन्य आठजनाले बजाज डिस्कभर मोटरबाइक प्राप्त गरेका छन्। गत जेठ १९ बाट सुरु भएको ड्रिङ्क [...]
राष्ट्रिय तथा क्षेत्रीयस्तरका महत्वपूर्ण खेलकुद प्रतियोगिता सञ्चालन हुने रंगशालामा शौचालय र चेन्जिङ रुम समेत छैन भन्दा पत्याउन मुस्किल पर्छ होला। तर, विराटनगरस्थित सहिद रंगशालामा खेलाडीहरुले दशकौंदेखि यही समस्या झेल्दै आएका छन्। सहिद रंगशालाको अवस्थाले नै मुलुकको खेल क्षेत्र स्पष्ट हुने कतिपयको विश्लेषण छ। यो हो, विराटनगर उपमहानगरपालिकामा रहेको एक मात्र रंगशाला सहिद रंगशाला। राष्ट्रियदखि क्षेत्रीय [...]
धनुषामा प्रहरी उपरीक्षक हुंदा मानवअधिकार उल्लंघन गरेको आरोप लागेका प्रहरी अतिरिक्त महानिरीक्षक कुबेरसिंह रानालाई बढुवा नगर्न मानव अधिकारकर्मीहरुले सरकारलाई आग्रह गरेका छन्। अधिकारकर्मीहरुले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ज्ञापनपत्र बुझाउंदै रानालाई बढुवा नगर्न आग्रह गरेका हुन्। उनीहरुले एआईजी रानालाई अदालतले सफाइ दिए पनि मानव अधिकार उंलघन गरेको आरोप लागेको व्यक्तिलाई बढुवा गर्न नमिल्ने दाबी गरेका [...]
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय नेताहरुले विभागीय प्रमुख र अञ्चल संयोजकबाट आज सामूहिक राजीनामा दिएका छन्। देउवा निवास बुढानीलकण्ठमा तीन दिनसम्म भएको देउवा पक्षीय नेताहरुको छलफलले सामूहिक रुपमा राजीनामा दिने निर्णय गरे बमोजिम आज पार्टी कार्यालय सानेपा पुगी केन्द्रीय सदस्य मीन विश्वकर्मँले १२ जना विभागीय प्रमुख र चारजना अञ्चल संयोजकको राजीनामा दर्ता गराउनुभएको [...]
यता, कांग्रेस नेता एवम् पूर्वमन्त्री खड्कालाई सर्वोच्च अदालतले सजाय सुनाएको विरोधमा आज खड्काको गृहजिल्ला दाङ बन्द भएको छ। नेपाली कांग्रेस र उसका भ्रातृ संगठनहरुले दाङ बन्दको आह्वान गरेका हुन्। दाङको तुलसीपुर, घोराही लगायतका बजारमा खड्काका समर्थकहरुले प्रदर्शन गरेका छन्। विद्यार्थीहरुले तुलसीपुर बजार बन्द गराउने क्रममा तुलसीपुर क्षेत्र केहीबेर तनावपूर्ण बनेको थियो। नेता खड्कालाई तत्कालीन शाही [...]
मधेश आन्दोलनका क्रममा क्षतिग्र्रस्त सिरहाको लहान नगरपालिकाको भवन अझै पुनर्निर्माण भएको छैन। भवन पुनर्निर्माण नहुंदा कार्यालय सञ्चालनमा समस्या भएको छ। मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ७ गते मधेशी जनअधिकार फोरम नेपालका कार्यकर्ताहरुले नगरपालिका कार्यालय भवनमा आगजनी गरी पूर्ण रुपमा क्षतिग्रस्त बनाएका थिए। मधेश आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका सिरहाका अधिकांश कार्यालय भवन पुननिर्माण गरिएपनि [...]
महानगरीय प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर सिंह रानाले प्रहरीले सीमित स्रोत साधनका कारण सोंचे अनुरुप काम गर्न नसकेको बताउनु भएको छ। महानगरीय प्रहरी वृत्त महाराजगंजको नयां हिरासत कक्षको आज उद्घाटन गर्दै एआईजी रानाले नेपाल प्रहरीले स्रोत साधनको अभाव पूर्ति गर्न नागरिकसंग सहकार्य गर्नु परिरहेको बताउनु भयो। सोही कार्यक्रममा विभिन्न व्यापारिक संस्थाहरुले महाराजगन्ज प्रहरी वृ्त्तलाई [...]
अमेरिकी रक्षामन्त्री लियोन पनेटाले इरानले सिरिया सरकार समर्थक लडाकुहरुलाई तालिम र हतियार उपलब्ध गराउंदै आएको बताएका छन्। सिरियाको द्वन्द्व बढाउन इरानले विभिन्न तरिकाबाट भूमिका निर्वाह गरेको पनेटाले बताएका छन्। इरानले सिरिया सरकारलाई समर्थन तथा सहयोगस्वरुप हतियार उपलब्ध गराउने गरेको पनेटाको दाबी रहेको छ। यसैबीच, सिरियाको राजधानी दमास्कमा रहेको राष्ट्रसंघीय पर्यवेक्षकहरुको अस्थायी कार्यालय नजिकै विष्फोट भएको [...]
२० वर्षदेखि बन्द रहेको बागलुङको बलेवा विमानस्थल निर्माणका लागि निजी क्षेत्रले चासो देखाएको छ। विमानस्थल निर्माणमा सरकारले चासो नदेखाएपछि पर्वतका व्यवसायीहरु यान्त्रिक पुल निर्माण गरी विमानस्थल सञ्चालनका लागि सक्रिय बनेका हुन। पर्वतका ४ सय १७ जना व्यवसायीहरुको सामुहिक लगानीमा बलेवा विमानस्थल निर्माण कार्य सुरु भएको छ। पर्वतको कुश्मा बजार जोड्ने ५ सय ३२ मिटर लामो [...]
अस्ट्रेलियामा जारी अन्डर नाइन्टीन विश्वकप क्रिकेटकमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र अस्ट्रेलियासंग २ सय १२ रनको लज्जास्पद हार बेहोरेको नेपालले आज आयरल्यान्डविरुद्धको खेलमा १४ रनले पराजय भोगेको हो। १ सय ८६ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपाल ४९ ओभर ३ बलमा १ सय ७१ रनमा समेटियो। पहिलो खेलमा [...]