Articles Posted on August 14th, 2012

  • Barsa-man-pun

    देशको अर्थतन्त्रलाई धरासयी बनाउनबाट रोक्न सरकार पूर्ण बजेटको तयारीमा : वर्षमान पुन

    अर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्रलाई धरासयी बनाउनबाट रोक्न सरकार पूर्ण बजेटको तयारीमा रहेको बताउनुभएको छ। नेपाल खुद्रा व्यापार संघको ३३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले पूर्ण बजेट ल्याउंदा राजनीतिक प्रक्रिया बिथोलिने भएकाले दलहरुबीचको सहमति अनुसारनै आंशिक बजेट ल्याउनुपरेको बताउनुभयो। उहांले पूर्ण बजेटमार्फत सम्पुर्ण उद्योगी व्यवसायीको मागलाई सम्बोधन गरिने बताउनुभयो। कार्यक्रममा अर्थमन्त्री पुनले [...]

  • cp-gajurel

    दलहरुबीच सहमति नभए आन्दोलनमार्फत जनताको सार्वभौम अधिकार कायम गर्ने : सि पी गजुरेल

    एकीकृत नेकपा माओवादीका उपाध्यक्ष सि पी गजुरेलले दलहरुबीच सहमति नभए आन्दोलनमार्फत जनताको सार्वभौम अधिकार कायम गर्ने बताउनुभएको छ। नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले राजधानीमा आयोजना गरेको अन्तर्क्रियमा उपाध्यक्ष गजुरेलले चुनाव र पुनर्स्थापना उपयुक्त विकल्प नभएकाले गोलमेच सम्मेलनमार्फत निकास खोज्न दलहरुलाई आग्रह गर्नुभयो। कार्यक्रममा एमाले नेता सुरेन्द्र पाण्डेले सम्पूर्ण विषयमा वस्तुगत र प्रक्रियागत रुपमा सहमति कायम गर्नुपर्ने [...]

  • pakistan-general

    पाकिस्तान सेना प्रमुख जनरल अस्फाक कयानीद्दारा राष्ट्रिय एकताको आह्वान

    पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानी सेना प्रमुख जनरल अस्फाक कयानीले राष्ट्रिय एकताको आह्वान गरेका छन्। कयानीले राष्ट्रिय एकताको लागि आह्वान गरिरहेका बेला पाकिस्तानको उत्तरीपश्चिमी क्षेत्रमा सेना र विद्रोहीबीच भने दोहोरो झडप भएको छ। ओराकजाई क्षेत्रमा सेना र विद्रोहीबीच दोहोरो झडप हुंदा १२ जना विद्रँेहीको मृत्यु भएको र १३ जना सुरक्षाकर्मी घाइते भएको सुरक्षा  विभागले बताएको [...]

  • JulianAssange

    विकिलिक्सका संचालक जुलियन असान्जलाई मृत्युदण्डको सजाय दिनसक्ने

    इक्वेडरका राष्ट्रपति राफेल कोरेराले विकिलिक्सका संचालक जुलियन असान्जलाई अमेरिकाले मृत्युदण्डको सजाय दिनसक्ने बताएका छन्। असान्ज हाल बेलायतस्थित इक्वेडर दुतावासको शरणमा छन्। राष्ट्रपति राफेलले असान्जलाई इक्वेडर दुतावासमा शरण दिने वा नदिने भन्नेबारे यसै साता निर्णय गरिने बताएका छन्। उनले विदेशी निकायका अधिकारीहरुसंग छलफल गरी असान्जलाई शरण दिने वा नदिने भन्नेबारे निर्णय गरिने बताएका छन्। पक्राउ पूर्जी [...]

  • khum-bahadur-khadka

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खुमबहादुर खड्का भ्रष्टाचारी ठहर

    सर्वोच्च अदालतले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले सार्वजनिक पद धारण गर्दा पदिय दुरुपयोग गरि सम्पत्ति जोडेको अभियोगमा डेढ बर्ष कैद र ९४ लाख चबत्तर हजार १२२ रुपैंया बिगो र त्यतिनै जरिवाना भराउने फैसला गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले [...]

  • बांदर आतंक

    बांदर आतंक

    केही समययता महोत्तरीको बर्दिबासमा भित्रिएको एक्लो बांदरले यस क्षेत्रका स्थानीयलाई टोकेर घाइते बनाउन थालेपछि बर्दिबास आतंकित बनेको छ। बर्दिबासकै जंगलबाट प्रवेश गरेको जंगली बांदरले स्थानीयलाई टोकेर घाइते बनाएको छ। बर्दिवास अस्पतालमा दिनहुं तीनचार जना बांदरले टोकेर घाइते भएकाहरु आउने गरेको अस्पतालले जनाएको छ। बांदरले बर्दिवास क्षेत्रमा करिव दुई महिनादेखि आतंक मच्चाउदै आएको छ। महिनौदेखि बांदरले [...]

  • Nepal-bharat

    नेपाल र भारतबीच सीमानाका कारण भइरहेको असामाजिक गतिविधिहरुको न्यूनीकरणको लागि थप पहल

    नेपाल–भारत मैत्री संघले नेपाल र भारतबीच अठार सय किलोमिटर खुला सीमानाका कारण भइरहेको असामाजिक गतिविधिहरुको न्यूनीकरणको लागि थप पहल सुरु गर्ने भएको छ। साउन तेइस र चौबीस गते राजधानीमा भएको संघको राष्ट्रिय भेलाबाट पारित निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो। संघले राष्ट्रिय भेलामार्फत दुई देशबीचमा सदियौंदेखि रहंदै आएको सम्बन्धलाई सुदृढ [...]

  • raswo-sankalan

    ८ करोड ५४ लाख चार हजार ३५ रुपैयाँ राजश्व सङ्कलन

    जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा १८ करोड ५४ लाख चार हजार ३५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ। गत आर्थिक वर्ष २०६८/६९ मा जिल्ला प्रशासन कार्यालयले राहदानी दस्तुर १७ करोड ९६ लाख ६५ हजार रुपैयाँ, दण्ड जरिवाना वापत २ लाख १० हजार र रजिष्ट्रेशन दस्तुर बापत तीन लाख ६६ हजार रुपैयाँ सङ्कलन [...]

  • U19-World-Cup

    अण्डर नाइन्टीन विश्वकप क्रिकेटमा अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजील्याण्ड र भारत विजयी

    अष्ट्रेलियामा जारी अण्डर नाइन्टीन विश्वकप क्रिकेटमा अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजील्याण्ड र भारत विजयी भएका छन्। अष्ट्रेलियाले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको छ भने न्युजिल्याडले अफगानस्तान र भारतले जिम्वावेलाई पराजित गरेका छ। पहिले ब्याटिङ गरेको आयरल्याडले अष्ट्रेलिया समक्ष १३० रनको लक्ष्य प्रस्तुत गरेको थियो। अष्ट्रेलियाले ४० ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य प्राप्त गरेको थियो। यस्तै, न्युजिल्याण्डले [...]

  • Aasan-Tribhuwan-aspatal

    चिकित्सा शास्त्र अध्ययन संस्थानको गरिमा बचाउन र राजनीतिक हस्तक्षेप मुक्त राख्न अनसन

    त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थानको गरिमा बचाउन र राजनीतिक हस्तक्षेप मुक्त राख्न माग गर्दै एकजना वरिष्ठ चिकित्सकले फेरि आमरण अनसन जारी राखेका छन्। वरिष्ठ चिकित्सकको आमरण अनसनका कारण संस्थानमा गैर राजनीतिक पृष्ठभूमिको योग्य ब्यक्ति नियुक्ति गर्न सरकारलाइ नैतिक दबाब थपिएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगञ्ज देश [...]