नसासम्बन्धी रोगबाट ग्रस्त पूर्वबक्सर कृष्णमान श्रेष्ठलाई मकाऊमा रहेका पूर्वखेलाडीहरुले दुई लाख १९ हजार ७ सय ५७ रुपैया सहयोग गरेका छन्। आज आयोजित एक कार्यक्रमबीच नेपाल बक्सिङ संघले मकाऊबाट सहयोगस्वरुप आएको रकम श्रेष्ठलाई हस्तान्तरण गर्यो। लामो समयदेखि नसासम्बन्धी रोगबाट पीडित उनी उपचारका लागि दिल्ली जाने तयारीमा रहेपनि आर्थिक अभावका कारण जान सकेका छैनन्। श्रेष्ठले पांचौं दक्षिण एसियाली खेलकुदमा रजत र सातौं दक्षिण एसियाली खेलकुदमा कास्य पदक हात पारेका थिए। रकम हस्तान्तरण कार्यक्रममा उनले आफ्नो उपचारका लागि १० लाख रुपैयां लाग्ने चिकित्सकहरुले बताएको भएपनि सो रकम एक मुष्ठ रुपमा नहुंदा समस्या उत्पन्न भएकोसमेत बताए।
राम्रोसंग हिड्नसमेत नसक्ने उनको उपचार नेपालमा हुन नसक्ने बताइएको छ। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले भने परिषदले बजेट अभावका कारण आर्थिक सहयोग गर्न नसकेको बताउदै परिषद अहिले असहाय जस्तै बनेको बताए।उनले आफूहरुले बिरामी खेलाडीका लागि मागेको सहयोग रकमसमेत खेलकुद मन्त्रालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयकारण पाउन नसकेको जानकारी दिए।









There are currently no comments on पूर्वबक्सर कृष्णमान श्रेष्ठलाई पूर्वखेलाडीहरुद्दारा सहयोग. Perhaps you would like to add one of your own?