काठमाडौंको न्यूरोडस्थित पसलमा चोरी

Written by admin. Posted in अपराध, विविध, विशेष

Published on August 10, 2012 with

सरकारले शान्ति सुरक्षा कायम गर्न कुनै कसुर बांकि नराखेको बताइरहेका बेला राजधानीमा चोरिका घटनामा कमि आउन सकेका छैनन्। राजधानीको व्यस्त मानिने न्युरोडमा प्रहरी कार्यालय नजिकै रहेको पसलबाट लाखौं रुपैंयाको सरसामान चोरी हुदा पनि प्रहरीले सुइको सम्म पनि पाउन सकेन।

न्युरोड, अर्थात राजधानीकै मुटु। देशकै प्रमुख ब्यापारीक केन्द्र भनिने स्थानमा महानगरीय प्रहरी परिसर हनुमानढोका र प्रहरी प्रभाग जनसेवा रहेका छन्। न्युरोड क्षेत्रमा चौबिसै घण्टा प्रहरीले गस्ति गरिरहेको हुन्छन् । सी सी टिभी मार्फत चौबिसै घण्टा अनुगमन पनि भैरहेको हुन्छ। तर पनि चोरिका घटनामा कमी आउन भने सकेको छैन। बिहिबार राति काठमाडौंको न्यूरोडस्थित एक मोवाइल फोन तथा क्यामेरा पसलमा लाखौंको चोरी हुदा पनि प्रहरीले सुइको सम्म पनि पाएन। महानगरीय प्रहरी परिसर हनुमानढोकाबाट करिब ५ सय मिटरको दूरी तथा प्रहरी प्रभाग जनसेवा नजिकै रहेको मोबाइल फोन तथा क्यामेरा पसलबाट लाखौं मुल्य बराबराको सामान चोरी भएको छ।

चोरीका बारेमा थाहा पाए लगत्तै प्रहरीलाई खबर गरेपनि प्रहरीले आलटाल गरेको भन्दै पसलधनीले आक्रोश पोखे। सुरक्षा दिने निकाय नजिकै भएको घटनाबारे बुझ्न खोज्दा प्रहरी प्रभाग जनसेवाका प्रहरी निरिक्षक हेम थापाले क्यामरामा बोल्न चाहेनन्। हनुमानढोका अपराध माहाशाखाबाट स्थलगत अध्ययनका लागि खटिएका प्रहरी निरीक्षकले अनुसन्धान भैरहेको मात्र बताए। आफ्नो कार्यालय नजिकै घटना भएपनि प्रहरी ढिलो पुगेको जस्ता गुनासो आम नागरिकबाट आउन नदिन प्रहरी प्रशासन सर्तक बन्न जरुरी छ।

ज्ञानेन्द्र पौडेल 

facebook comments:

Leave a Comment