सरकार र विभिन्न माग राख्दै सार्वजनिक सवारी साधन ठप्प पारेका यातायात व्यवसायीबीच आज भएको वार्ता पनि असफल भएको छ। दुवैपक्ष आ आफ्नो अडानमा कायम रहेपछि वार्ता परिणामविहीन भएको हो। तर, दुवै पक्ष पुनः वार्तामा बस्न भने सहमत भएका छन्।
एक साताअघि पेश गरिएको पन्ध्र बुंदे मागको सुनुवाइ नभएको भन्दै यातायात व्यवसायीहरुले सार्वजनिक यातायात ठप्प पारेपछि सरकारका प्रतिनिधिले यातायात व्यवसायी प्रतिनिधिहरुसंग छलफल गरेका थिए। सिंहदरबारस्थित भौतिक योजना तथा निर्माण मन्त्रालयमा भएको छलफलमा दुवै पक्षले आ–आफ्ना अडान दोहोर्एका थिए। यातायात व्यवसायी सम्बद्ध विभिन्न संघसंस्थाहरुले पन्ध्र बुंदे माग राखेको भएपनि उनीहरुले यसअघि दुईसयसम्म लिने गरिएको जरिवाना एकहजारसम्म बनाइएको र त्यसको पन्ध्र प्रतिशत जरिवाना गर्ने ट्राफिकले पाउने व्यवश्था गरिएपछि चेकजांचमा कडाइ गरिएको भन्दै उक्त व्यवस्था हटाउन माग गरेका थिए।
सरकारी अधिकारीले भने सोही व्यवस्थाका कारण दुर्घटना कम भएको तथा ट्राफिक व्यवस्थापन सहज भएको भन्दै प्रतिरक्षा गरेका थिए। दुवै पक्षले आ आफ्ना अडान दोहोर्याएपछि निर्णायक वार्ता गर्ने सहमति गर्दै छलफल सकिएको थियो। सरकार र व्यवसायीबीचको शुक्रबारको वार्तामा समेत सहमति हुन नसकेपछि व्यवसायीले शनिबार पनि सार्वजनिक सवारी साधन नचलाउने बताएका छन्। सरकार र व्यवसायीका बीचमा सहमति हुन नसक्दा सर्वसाधारणले थप सास्ती खेप्नुपर्ने भएको छ।
नारायण








There are currently no comments on सरकार र यातायात व्यवसायीहरुबीच वार्ता असफल. Perhaps you would like to add one of your own?