हिन्दु धर्मावलम्बीहरुको महान पर्व श्रीकृषण जन्माष्टमी आज देशभर भगवान् श्रीकृषण को पूजाआराधना गरी मनाइंदैछ। श्रीकृष्ण जन्माष्टमीकै अवसरमा राष्ट्रपति डाक्टर रामवरण यादवले ललितपुरको पाटनस्थित कृष्णमन्दिरमा पुगी पूजा अर्चना गर्नुभएको छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृषण को जन्म द्वापरयुगमा भाद्र कृषण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृषण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।
आजको दिन मुलुकभरका कृषण मन्दिरमा भगवान् श्रीकृषणको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरु व्रत बसी रातभर जाग्रँम बस्ने प्रचलन छ। पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विषणुको आठौं अवतारका रुपमा जन्मनुभएका श्रीकृषणले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको दर्शनहरुमा उल्लेख छ।










There are currently no comments on श्रीकृषण जन्माष्टमी : देशभर भगवान् श्रीकृषण को पूजाआराधना गरी मनाइंदैछ. Perhaps you would like to add one of your own?