कन्याहरुलाई पूजा गरेमा कन्या पूज्नेहरु तथा पूजिने कन्याहरु निरोगी हुने धार्मिक विश्वासका साथ आज काभ्रेको बनेपामा दश हजार कन्या पूजिएका छन्। एक सय नौ वर्षअघिदेखि सुरु भएको कन्या पुजामा विगतका वर्षमा जस्तै १० हजार कन्या पुजिएका छन्। बनेपाको पुरानो बजारको भोलाखाटोल, दक्षुटोल, तीनधारा, बकुटोल र त्रिभुवनचोकमा कन्याहरुलाई आसन गराएर सयौ दर्शनार्थीहरुमाझ कन्यापूजा गरिएको हो।
कन्या पूजाका लागि काभ्रेको अलावा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौ, भक्तपुर, ललितपुर, मकवानपुर, पोखरा लगायतका विभिन्न जिल्लाबाट सयौं दर्शनार्थीहरुका साथै कन्याहरु आएका थिए। कन्याहरुलाई सनातन कन्या पूजा प्रवन्ध समितिद्वारा तयार पारिएका तथा दाताहरुले ल्याएको पेडा, स्वारी, जेरी, मालपुवा, सेल, फलफूल, पैसा, बिस्कुट लगायतका सामान दान दिने गरिन्छ। पुजिने कन्याहरु मात्र होइन, पूजा गर्ने दाताहरुसमेतले पुण्य पाउने हुनाले कन्या पुजालाई बनेपामा विशेष पर्वको रुपमा मनाउने गरिएको छ। कन्याहरुलाई पूजा गर्दा उनीहरु निरोगी हुने तथा कन्याहरुलाई दान दक्षिणा दिनेको पनि जीवन सफल हुने धार्मिक विश्वास रहेको छ।
नेवारी समाजमा बेल विवाह नगरिएका र अन्य समुदायका रजस्वला नभएका कन्याहरुलाई शुभको प्रतीक मानी कन्या पूजा गरिदै आएको हो। बनेपाका नेवार जातिका एक व्यक्तिले एउटी कन्यालाई पूजा गरी आफ्नो इच्छित फल प्राप्त भएपछि किम्बदन्ती अनुसार कन्यापूजा झांगिदै हो। वि.सं. १९५९ साल भाद्र कृष्ण सप्तमीको दिनदेखि सुरु भएको कन्या पूजा नेपालकै एक मात्र कन्याहरु पुज्ने पर्व हो।
शिखर चिमौरिया








There are currently no comments on दश हजार कन्या पूजिए. Perhaps you would like to add one of your own?