युवा संघ नेपालले घरायशी सरसामान र पेय पदार्थ बोकेको एउटा सरकारी जिप नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ। युवासंघका कार्यकर्ताले बा १ झ ६६७५ नम्बरको सरकारी भ्यान काठमाडौंको नयांबानेश्वरमा नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर खानतलासी गर्दा कार्टुनभित्र बियर र जुसका दर्जनौं बोत्तल भेटिएको थियो। भ्यानका चालकका अनुसार सो भ्यान फ्रिज र पेय पदार्थ लिई काभ्रेस्थित [...]
काठमाडौंका उपत्यकाका उच्च माध्यमिक विद्यालयहरुको अनुगमनपछि उच्च माध्यमिक शिक्षा परिषद्ले उपत्यका बाहिरका जिल्लामा पनि अनुगमन थालेको छ। परिषदको अनुगमन टोलीले मोरङका उच्च माध्यमिक विद्यालयहरुको अनुगमन गर्दै भड्किलो होडिङबोर्ड राख्ने उच्च माविलाई होडिङबोर्ड हटाउन निर्देशन दिएको छ। परिषदका सहसचिव नारायणप्रसाद कोइरालाको संयोजकत्वमा गठित अनुगमन टोलीले मोरङको विराटनगरका उच्चमाविको अनुगमन गरेको हो। टोलीले विराटनगरको मेरिल्याण्ड कलेज, शिक्षाद्वीप [...]
सर्वदलीय सहमतिबाट नै वर्तमान राजनीतिक संकटको समाधान निकाल्न सकिने ठहर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले त्यसका लागि दलहरुसंग परामर्श थाल्ने भएको छ। पार्टी कार्यालय बालुवाटारमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वदलीय सहमतिको लागि पार्टीले सक्रिय भुमिका निर्वाह गर्ने निष्कर्ष निकाल्दै परामर्श थाल्ने जनाएको हो। त्यस्तै बैठकले सर्वदलिय सहमतिको लागि ६ बुँदे आधार समेत तय गरेको [...]
आर्थिक अभावका कारण उपचार गराउन नसक्ने अवस्थामा पुगेका मृगौला रोगीहरु आजदेखि राजधानीमा अनसनमा बसेका छन्। नेपाल किड्नी समाजको अगुवाइमा रत्नपार्कस्थित शान्ति बाटिकामा अनसनमा बसेका मृगौला रोग पीडितहरुले आफूहरुले पटक पटक माग राख्दा पनि सरकारले सुनुवाइ नगरेको भन्दै अनसनमा बस्न बाध्य भएको बताएका छन्। उनीहरुले मृगौला रोगबाट ग्रस्त बिरामीहरुको निशुःल्क उपचार हुनुपर्ने, डायलोसिसमा लाग्ने सम्पूर्ण खर्च [...]
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दलहरुबीच मुलभुत मुद्दामा सहमति भए आफू पदत्याग गर्न तयार रहेको बताउनुभएको छ। राजधानीमा अठारौं विश्व आदिवासी जनजाति दिवशको अवसरमा आदिवासी जनजाति महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले एउटा व्यक्तिको पदलाई लिएर दलहरुबीच दूरी बढाउन नहुने भन्दै तत्काल सहमतिमा आउन आग्रह गर्नुभयो। उहाँले संघीयता विरोधी तत्वहरुकै कारण संविधानसभा विघटन भएको दाबी [...]
कन्याहरुलाई पूजा गरेमा कन्या पूज्नेहरु तथा पूजिने कन्याहरु निरोगी हुने धार्मिक विश्वासका साथ आज काभ्रेको बनेपामा दश हजार कन्या पूजिएका छन्। एक सय नौ वर्षअघिदेखि सुरु भएको कन्या पुजामा विगतका वर्षमा जस्तै १० हजार कन्या पुजिएका छन्। बनेपाको पुरानो बजारको भोलाखाटोल, दक्षुटोल, तीनधारा, बकुटोल र त्रिभुवनचोकमा कन्याहरुलाई आसन गराएर सयौ दर्शनार्थीहरुमाझ कन्यापूजा गरिएको हो। कन्या [...]
पछिल्लो समय राजनीतिक पार्टीहरु खेलकुदप्रति आकर्षित भइरहेका बेला नेपाली कांग्रेसले पनि खेलकुदमा आफ्नो सक्रियतालाई तीव्रता दिने भएको छ। कांग्रेसले केन्दीय सदस्य धनराज गुरुङको संयोजकत्वमा खेलकुद विभाग गठन गरेपछि पार्टीले खेलकुद क्षेत्रमा पनि आफ्नो सक्रियतालाई तीव्रता दिने निर्णय गरेको हो। सोही विभागद्वारा आज आयोजित कार्यक्रममा पार्टी सभापति सुशील कोइरालाले खेल क्षेत्रमा पार्टी सक्रिय भएर लाग्ने बताउनुभयो। [...]
प्रहरीले कपिलवस्तुमा ६ थान भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले कपिलवस्तुको शिवपुर बालापुरमोडबाट ६ थान भरुवा बन्दुकसहित रुकुमका टेकबहादुर पुनलाई पक्राउ गरेको हो। गुन्द्री र सिरक भित्र बोरामा बन्दुक राखेर लैजादै गर्दा पुनलाई प्रहरीले पक्राउ गरेको हो। चन्द्रौटाबाट बुटवल, पाल्पा र गुल्मीको शान्तिपुर हुंदै रुकुम पुर्याउने उनको योजना [...]
संघीयताका विषयमा मूलधारका राजनीतिक दलहरुसँग असन्तुष्ट जनजाति अगुवाहरुको एउटा समूह नयाँ पार्टी खोल्ने टुंगोमा पुगेको छ। आदिवासी जनजाति दिवसको अवसर पारेर आजै नयां पार्टीको घोषणा गर्ने उनीहरुको प्रयास भने सफल हुन सकेन। नयां पार्टीको नाम र घोषणापत्र ठीक्क पारे पनि उनीहरुले आज प्रस्तावित पार्टीको घोषणापत्र मात्रै सार्वजनिक गरे। संघीयताको बिषयमा दलहरुबीच देखिएको असहमति नै संविधानसभाको [...]