सिरियाको दोस्रो ठूलो सहर अलेप्पोलाई सरकारी सेनाले पुनःनियन्त्रणमा लिएको छ। सरकारी सञ्चारमाध्यमले अलेप्पो सरकारी सेनाको नियन्त्रणमा रहेको बताएको हो। विपक्षीले भने सेनाले अलेप्पोमा हिंसात्मक हमला बढाएको आरोप लगाएका छन्। सेनाले जनसंहार हमला गरेकोसमेत विपक्षीको दाबी छ। अत्याधुनिक हतियार सहितका विपक्षी र सेनाबीचको पछिल्लो झडपमा धेरै मानिसको मृत्यु भएको आशंका गरिएको छ।
तर, मृतकको संख्या भने प्रस्ट भएको छैन। अलेप्पोमा गत जुलाई २० देखि सेना र विपक्षी लडाकुबीच दोहोरो भिडन्त भैरहेको छ। हिजो सेना र बिद्रोहीबीचको झडपमा २ सय २२ जनाको मृत्यु भएको थियो। सिरियामा बढ्दै गएको हिंसात्मक हमलाको अन्तर्राष्ट्रिय समुदायले विरोध गरिरहे पनि हिंसा रोक्न कुनै ठोस कार्य हुन सकेको छैन। यसैबीच, इरानले भने सिरिया सरकारलाई आफ्नो समर्थन रहेको बताएको छ। सिरियामा गत १७ महिनादेखि जारी सरकार विरोधी प्रर्दशनमा २० हजारको मृत्यु भैसकेको छ।









There are currently no comments on सिरियाको दोस्रो ठूलो सहर अलेप्पोलाई सरकारी सेनाले पुनःनियन्त्रणमा लिए. Perhaps you would like to add one of your own?