बागलुङमा भएको स्लो बाइक रेस प्रतियोगिताको उपाधि असिम खड्काले जिते

Written by admin. Posted in खेलकूद, विशेष

Published on August 08, 2012 with

बागलुङमा भएको स्लो बाइक रेस प्रतियोगिताको उपाधि असिम खड्काले जितेका छन्। युवा पुस्तामा द्रुत गतिमा मोटरसाइकल हाक्ने परम्पराको विकास हुदै गइरहेका बेला स्लो बाइकलाई महत्व दिने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो। बागलुङ जेसिसले आयोजना गरेको सो प्रतियोगितामा खड्काले निर्धारित ३० मिटरको दुरी एक मिनेट ८ सेकेन्डमा पार गर्दै उपाधि हात पारेका हुन्। महिलातर्फ नेहा श्रेष्ठले ३६ सेकण्डमा निर्धारित दूरी पार गरी उत्कृष्ट बन्न सफल भइन्। अधिकांश युवाहरुले द्रुत गतिमा मोटरसाइकल चलाउने गरेका कारण दुर्घटनाहरु बढ्दै गइरहेका बेला युवाहरुलाई जनचेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागलुङ जेसिजका अध्यक्ष आशिक राजभण्डारीले बताउनुभयो।

facebook comments:

Leave a Comment