Articles Posted on August 6th, 2012

  • akhtiyar-durpayog

    पोशाक नलगाउने सरकारी कर्मचारीहरुलाई तत्काल कारबाही

    सरकारले उपलब्ध गराएको पोशाक भत्ता लिएर पनि तोकिएको पोशाक नलगाउने सरकारी कर्मचारीहरुलाई तत्काल कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ। सरकारले समान पोशाक तय गरेका विभिन्न सरकारी कार्यालयहरु, विश्वविद्यालय, संस्थान आदिमा कार्यरत कर्मचारीहरुले तोकिएको पोशाक नलगाएको उजुरी आएपछि अख्तियारले कारबाहीको निर्देशन दिएको हो। अख्तियारका प्रवक्ता ईश्वरीप्रसाद पौड्यालले सोमबार एक विज्ञप्ती जारी गरी [...]

  • mohan-vaidhya

    देशलाई अग्रगमनमा लैजान सबै देशप्रेमी शक्ति मिलेर आन्दोलन गर्नुपर्ने मोहन वैद्यको भनाई

    नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले देशलाई अग्रगमनमा लैजान सबै देशप्रेमी शक्ति मिलेर आन्दोलन गर्नुपर्ने बताउनु भएको छ। नेवा राज्य जनसंघर्ष समितिले आज राजधानीमा आयोजना गरेको नेपालको वर्तमान राजनीतिक संकट र अग्रगामी राजनीतिक निकास विषेयक विचार गोष्ठीमा अध्यक्ष वैद्यले मुलुक अहिले संकटग्रस्त अवस्थामा रहेकाले यस संकटबाट जोगाउन सबै देशभक्त शक्ति मिलेर आन्दोलन गर्नुपर्ने ब्ँत्ँउनुभयो। उंहाले एकीकृत [...]

  • sudan

    सुडान घोटलाका सामान नेपाल आइपुगे

    नेपाल प्रहरी संगठनको बहुचर्चित सुडान भ्रष्टाचारको प्रमाण थोत्रा आर्म्स पर्सनल क्यारियर अर्थात एपीसी प्रहरीको सवारी शाखामा आइपुगेको छ। चवालीस करोडको बजेटमा २८ करोड भन्दा बढी भ्रष्टाचार भएको तथ्य खुलेको सामानका साक्षी थोत्रा एपिसी आइतबार काठमाडौं भित्रिएका हुन् । नेपाल प्रहरीलाई बदनाम बनाउने गरी चर्चामा आएको सुडान घोटलाका सामान नेपाल आइपुगेको छ। थोत्रा आठ एपिसीमध्ये चार [...]

  • lilamani

    नवनियुक्त मुख्यसचिव लीलामणि पौडेलद्वारा पदभार ग्रहण

    प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको विशेष रोजाइमा परेको भनिएका लीलामणि पौडेलले आजदेखि औपचारिक रुपमा मुख्य सचिबको जिम्मेवारी सम्हालेका छन्। प्रतिष्पर्धी १० सचिवलाई उछिन्दै मुख्य सचिव भएका पौडेलले कार्यभार सम्हाल्दै सेवाग्राहीलाई केही परिवर्तनको अनुभूति दिलाउने गरी निजामति प्रशासनलाई अघि बढाउने प्रतिवद्वता जनाएका छन्। मुख्य सचिवको रुपमा कार्यभार सम्हाल्नुभएका लिलामणि पौडेलले आफ्नै कार्यकक्षमा पत्रकारहरुसंग कुराकानी गर्दै सरकारी प्राथमिकतामा [...]

  • 1deuda

    सुदूरपश्चिमका पहाडदेखि तराईका जिल्लामा देउडाका भाका गुञ्जिन सुरु

    गौरापर्व भोलिदेखि सुरु हुने भएपनि सुदूरपश्चिम यतिबेला देउडामय बनेको छ। सुदूरपश्चिमका पहाडदेखि तराईका जिल्लामा देउडाका भाका गुञ्जिन थालेका हुन्। सामान्यतया भदौ महिनामा हुने गौरा पर्व यसवर्ष भदौ महिनामा मलमास परेकाले त्यसअघि नै मनाउन लागिएको हो। मलमासमा गौरा पूजन नगर्ने मान्यता भएकाले यसवर्ष साउन कृष्ण पञ्चमीका दिनदेखि गौरा पर्व मनाउने निर्णय गरिएको आचार्य घनश्याम लेखकले जानकारी [...]

  • yuwa-sang-bhela

    युवा विद्यार्थी आन्दोलन : साउन २६ गते बिहान नौ बजेदेखि एघार बजेसम्म सिंहदरबार घेराउ

    विभिन्न दलनिकट उन्नाइस युवा तथा विद्यार्थी संघसंगठनले सरकारविरुद्ध संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेका छन्। राजधानीमा आज बसेको उन्नाइस युवा तथा विद्यार्थी संघसंगठनको बैठकले संयुक्त आन्दोलन परिचालन कमिटी गठन गरी सरकारविरुद्ध सशक्त संघर्ष गर्ने निर्णय गरेको हो। उनीहरुले साउन २६ गते बिहान नौ बजेदेखि एघार बजेसम्म सिंहदरबार घेराउ गर्ने कार्यक्रमको घोषणा गरेका छन्। यसअघि छुट्टाछुट्टै [...]

  • DTH

    नेपाली डिटिएच व्यवसायीहरु प्रभावित

    रौतहटमा भारतीय डिटिएच प्रविधिका प्रयोगकर्ताहरु बढ्दै गएपछि नेपाली डिटिएच व्यवसायीहरु प्रभावित भएका छन्। तर, स्थानीय प्रशासनले भने भारतीय डिटिएचको प्रयोगमा नियन्त्रण गर्न कुनै चासो देखाएको छैन। सरकारले भारतीय डिटिएच प्रयोगमा प्रतिबन्ध लगाएपनि रौतहटमा यसको प्रयोग बढ्दै गएको छ। रौतहटको सीमावर्ती बैरगनियाबाट दिनंहु भारतीय डिटिएच ल्याउने गरेको भएपनि सुरक्षाकर्मी र भन्सार कर्मचारीले बरामद गर्नुको सट्टा रकम [...]

  • prime-story--gas

    कमिसन वृद्धि लगायतका १६ बुंदे माग राख्दै ग्यांसको बिक्री वितरण ठप्प पार्ने

    कमिसन वृद्धि लगायतका १६ बुंदे माग राख्दै ग्यांस उद्योगीहरुले आगामी साउन ३१ गतेदेखि खाना पकाउने एलपी ग्यांसको बिक्री वितरण ठप्प पार्ने सहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा एलपी ग्यांस उद्योग संघका उपाध्यक्ष शिवप्रसाद घिमिरेले सरकार र नेपाल आयल निगमले उद्योगीका मागप्रति बेवास्ता गरेकाले आन्दोलन घोषणा गरिएको बताउनुभयो। उहांले साउन २३ [...]

  • naya-maobadi

    माओवादी क्रान्तिकारी पार्टी गठन

    नेकपा माओवादी क्रान्तिकारी, नेकपा राष्ट्रवादी र नेपाल जन श्रमिक पार्टीबीच एकता भई नेकपा माओवादी क्रान्तिकारी पार्टीको गठन भएको छ। काठमाडौंमा आज पत्रकार सम्मेलनको आयोजना गरी नेकपा माओवादी क्रान्तिकारीले अन्य कम्युनिष्ट पार्टीहरु आत्मसमर्पणवादी भएको आरोप लगाएको छ। कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनमा विर्सजनवादी शक्ति हावी भएको आरोप लगाउँदै सर्वहारा वर्गको हक हितको लागि पार्टी गठन गरिएको समेत [...]

  • antarik

    आन्तरिक राजश्व

    आन्तरिक राजश्व कार्यालय कपिलवस्तुमा दरबन्दी अनुसार कर्मचारी नहुंदा दैनिक कामकाजमा समस्या भएको छ। कार्यालयमा बीसजना कर्मचारीको दरबन्दी भएपनि अहिले ८ जना मात्र कर्मचारी कार्यरत छन्। कर्मचारीको अभावमा बजार अनुगमन, मौज्दात जांच र सामानको बिल बिजक जारी गरिएको छैन। अहिले कार्यालयमा बीसजना कर्मचारीमध्ये एक प्रमुख कर अधिकृत, दुई कर अधिकृत, एक नायवसुब्बा कार्यरत छन। त्यस्तै एक [...]