रोपार्इं जात्रा

Written by admin. Posted in कला - सँस्कृति

Published on August 05, 2012 with

गाइंजात्रालाई धार्मिक तथा सांस्कृति पर्वसंगै व्यङ्ग्यको पर्वको रुपमा लिइन्छ। अब व्यङ्ग्य गाईजात्रामा मात्रै सीमित रहेन। रोपाईं जात्रामा पनि समाजका विकृति र विसंगतिका विषयमा व्यंग्य गर्न थालिएको छ। धनकुटामा यस वर्षको रोपाईंजात्रामा व्यङ्ग्यका साथै परिवार नियोजनका साधनको प्रयोगबारे चेतनामूलक प्रदर्शनी पनि गरियो। नेपाल परिवार नियोजन संघ धनकुटा शाखाको आयोजनामा धनकुटा वजारमा रोपाई जात्रा गरिएको हो। जात्रामा बिशेष प्रकारले ब्याङ्गत्मक ढंगबाट युवाहरु महिलाको भेषमा र महिलाले पुरुषको भेषभुषामा निस्केर सामाजिक कुरिती विरुद्ध व्यङग्य गरेका थिए।

तर यो वर्षको रोपाई जात्रामा भने युवायुवतीको सहभागितामा परिवार नियोजनका साधनको प्रयोग, सन्तान जन्माउने लगायतका विषयमा जनचेतनामूलक प्रस्तुती समेत गरिएको थियो। रोपाई जात्रामा निकालिएको झांकीले धनकुटा नगरपालिकाको विभिन्न भागको परिक्रमा गरेको थियो। जात्रा हेर्न गाउँ गाउँबाट समेत ठूलो संख्यामा सर्वसाधारण आएका थिए।

मोहन वान्तवा 

facebook comments:

Leave a Comment