Articles Posted on August 5th, 2012

  • ashok-rai

    नेपाली राजनीतिमा शक्तिशाली दल खुल्न लागेको अशोक राईले बताए

    नेकपा एमालेका उपाध्यक्ष अशोक राईले नेपाली राजनीतिमा शक्तिशाली दल खुल्न लागेको बताउनुभएको छ। नेपाल आदिवासी जनजाति पत्रकार संघको दोस्रो राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको आज राजधानीमा उद्घाटन गर्दै राईले नेपाली जनताले वैकल्पिक शक्तिका रुपमा भिन्दै परिपक्क दल खोजेकाले त्यसलाई सार्थकता दिन आफूहरु अन्तिम तयारीमा जुटेको जानकारी दिनुभयो। उहांले पहिचान, समानता र न्यायका पक्षधर शक्ति एकजुट [...]

  • gai-jatra

    रोपार्इं जात्रा

    गाइंजात्रालाई धार्मिक तथा सांस्कृति पर्वसंगै व्यङ्ग्यको पर्वको रुपमा लिइन्छ। अब व्यङ्ग्य गाईजात्रामा मात्रै सीमित रहेन। रोपाईं जात्रामा पनि समाजका विकृति र विसंगतिका विषयमा व्यंग्य गर्न थालिएको छ। धनकुटामा यस वर्षको रोपाईंजात्रामा व्यङ्ग्यका साथै परिवार नियोजनका साधनको प्रयोगबारे चेतनामूलक प्रदर्शनी पनि गरियो। नेपाल परिवार नियोजन संघ धनकुटा शाखाको आयोजनामा धनकुटा वजारमा रोपाई जात्रा गरिएको हो। जात्रामा [...]

  • kuruwa

    बिरामी तथा ढुकुर हेर्न मानिसको घुइंचो

    मोरङको सुन्दरपुरमा बिरामी कुरेर बस्ने ढुकुरको विषयमा सञ्चारमाध्यमहरुमा समाचार प्रशारण भएपछि बिरामी तथा ढुकुर हेर्न मानिसको घुइंचो बढ्न थालेको छ। गत जेठ महिनादेखि पेट सुन्निने रोगले थला परेकी ५० वर्षीया धनमाया गुरुङसंग दैनिक एउटा ढुकुर आएर संगै बस्ने गरेपछि त्यो दृश्य हेर्न सर्वसाधारणहरुको भीड लाग्न थालेको हो। विरामी कुर्न ढुकुर आएको दृष्य हेर्न मानिसहरु अहिले [...]

  • mohan-vaidhya

    राष्ट्रियताका लागि आन्दोलन

    नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले जनजिविका र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न आन्दोलनको विकल्प नभएको बताउनुभएको छ। राष्ट्रिय स्वाधिनताका विषयमा काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्ने बैद्य लगायतका नेता तथा बुद्धिजिविहरुले राष्ट्रियता कमजोर हुंदै गएकाले देशभक्तहरुको मोर्चा बनाउनुपर्नेमा जोड दिए। राष्ट्रिय स्वाधिनताको प्रश्न नाम दिइएको विचार गोष्ठीलाई सम्बोधन गर्दै नवगठित माओवादीका अध्यक्ष बैद्यले राष्ट्रिय स्वाधिनता दिनप्रतिदिन कमजोर बन्दै [...]

  • Phelps-golden

    अमेरिकी पौडीवाज माइकल फेल्प्सले चौथो स्वर्ण पदक हात पारेर खेल जीवनबाट सन्यास

    अमेरिकी पौडीवाज माइकल फेल्प्सले जारी लन्डन ओलम्पिकमा चौथो स्वर्ण पदक हात पारेर खेल जीवनबाट सन्यासको घोषणा गरेका छन्। उनले ४ गुणा १ सय मिटरमा स्वर्ण पदक जितेर जारी ओलम्पिकमा आफ्नो स्वर्ण संख्या चार पुर्‍याएका हुन्। सोसंगै उनले आफूले खेल जीवन त्याग गर्ने उपयुक्त समय भएको भन्दै खेल जीवन परित्याग गरेको घोषणा गरेका हुन्। आफ्नो खेल [...]

  • HTV-website-picture

    नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी युवा भेला

    नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीको छिट्टै देशभर युवा भेला गर्ने भएको छ। देशभर युवा भेला गर्ने तयारी स्वरुप काठमाडौं क्षेत्र नम्बर ६ को भेला गोंगबुमा सम्पन्न भएको छ। अस्थिर राजनीतिले मुलुक नै संकटमा पर्न लागेको भन्दै राष्ट्रप्रेमी सबै युवालाई एकजुट पार्ने उद्देश्यले भेलाको आयोजना गरिएको राष्ट्रिय प्रजातान्त्रिक युवक संघले जनाएको छ। सर्मिला थापा

  • rastrapati

    सहमति साथ विकल्प तयार पारे तत्काल राजीनामा दिने : प्रधानमन्त्री

    राष्ट्रपति डा. रामवरण यादवले दलहरुलाई छिटो सहमति जुटाउन दलहरुको ध्यानाकर्षण गराउनु भएको छ। विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने २७ दलका शीर्ष नेताहरुलाई राष्ट्रपति भवन शीतलनिवासमा बोलाएर राष्ट्रपति यादवले सहमति जुटाएर अघि बढ्न दलहरुको ध्यानाकर्षण गराउनु भएको हो। राष्ट्रपति यादवले अर्कोपटक शीतल निवास आउंदा सहमतिसहित आउन पनि आग्रह गर्नु भएको थियो। छलफलमा सहभागी प्रमुख दलहरुले निरन्तर संवाद [...]

  • turkey

    टर्कीको दक्षिणपूर्वी सीमा क्षेत्रमा सेना र कुर्दिश विद्रोही समूहबीच भिडन्त : १९ जनाको मृत्यु

    टर्कीको दक्षिणपूर्वी सीमा क्षेत्रमा सेना र कुर्दिश विद्रोही समूहबीच भएको भिडन्तमा कम्तीमा उन्नाइसजनाको मृत्यु भएको छ। सीमावर्ती हकारी प्रान्तमा रहेको सेना क्यापमा विद्रोही समूहले रकेटद्वारा आक्रमण गरेपछि दोहोरो भिडन्त भएको हो। झडपमा ६ सैनिक, २ कर्मचारी र ११ जना विद्रोही सहित उन्नाइस जनाको मृत्यु भएको बताइएको छ। सेना र विद्रोहीबीच भएको झडपमा १५ भन्दा बढी [...]

  • afganisthan

    आफ्नो कार्यभार पूरा गर्न नसकेको भन्दै रक्षा मन्त्री र गृहमन्त्रीलाई अपदस्थ गर्ने प्रस्ताव पारित

    अफगानिस्तानको संसदले आफ्नो कार्यभार पूरा गर्न नसकेको भन्दै रक्षा मन्त्री र गृहमन्त्रीलाई अपदस्थ गर्ने प्रस्ताव पारित गरेको छ। रक्षामन्त्री अब्दुल राहिम वारदाक र गृहमन्त्री बेसमिल्लाह मोहम्मदमाथि सुरक्षामा कडाइ गर्न नसकेको आरोप रहेको छ। पाकिस्तान र अफगानिस्तानको सीमाक्षात्रमा भएको हिंसात्मक हमला नियन्त्रण गर्न नसकेको र देश भित्रको सुरक्षा स्थिति पनि कमजोर हुदै गएको कारण उनीहरुलाई हटाउने [...]

  • challa

    कुखुराका चल्ला बरामद

    सशस्त्र प्रहरीको राजस्व गस्ती टोलीले अवैध रुपमा नेपाल भित्र्याउंदै गरेको अवस्थामा नवलपरासीबाट कुखुराका चल्ला बरामद गरेको छ। भारतबाट ल्याउंदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले नवलपरासीको गिर्मी गाविसबाट चार हजार कुखुराका चल्ला बरामद गरेको हो। प्रहरीले बरामद गरिएको चल्लाको बजार मूल्य दुई लाख चालीस हजार रुपैयाँ रहेको जनाएको छ। बरामद गरिएको चल्ला पशु क्वारेनटाइन चेकपोष्ट बेलसिहयाको [...]