Articles Posted on August 1st, 2012

  • HTV-website-picture

    स्लाइनमा फोहर

    बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा विरामीलाई दिइने स्लाइनको बोतलमा ढुसी भेटिएको छ। उपचारका लागि अस्पतालमा भर्ना भएकी बुटवल दीपनगरकी २६ वर्षीया मेनुका शर्मालाई दिन राखिएको स्लाइनको बोतलमा ढुँसी भेटिएपछि अस्पतालमै केहीबेर तनाव भएको थियो। ढुसीसहितको स्लाइनको बोतल भेटिएपछि बिरामीका आफन्तले अस्पतालका अध्यक्ष राजेन्द्र गुप्ता र मेडिकल सुपरिटेण्डेन्ट डा. रमेशमान सिंहलाई देखाएका थिए। बिरामीका आफन्तले स्लाइनमा त्यस्तो [...]

  • syria

    सिरिया

    सिरियाका राष्ट्रपति बसर अल असादले सिरियाको भाग्य सेना र विपक्षीबीचको द्वन्द्वले निर्धारण गर्ने बताएका छन्। लिखित वक्तव्य जारी गर्दै असादले सिरियाको भाग्य हाल भइरहेको द्वन्द्वले निर्धारण गर्ने बताएका हुन्। सेना दिवसको अवसरमा जारी गरिएको वक्तव्यमा असादले सेनाले गरेको विद्रोहीको प्रतिकारको प्रशंसा गरेका छन्। असादले सिरिया र सिरियाली नागरिकको भविष्य जारी द्वन्दले निर्धारण गर्ने बताएका छन्। [...]

  • Prasad-Gurung

    युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष काशीराम गुरुङ पक्राउ

    नेटवर्किङ व्यापारको नाममा करोडौं ठगी गरेको आरोप लागेका युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष काशीराम गुङलाई प्रहरीले पक्राउ गरेको छ। दुई वर्षदेखि प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेका गुरुङलाई प्रहरीले इलामको पशुपतिनगरबाट पक्राउ गरेको हो। गुरुङले करिव चार अर्ब रुपैंया ठगी गरेको भन्दै प्रहरीले ठगी र बैकिङ कसुर ऐन अन्तर्गत कारबाही चलाउने भएको छ। तिन वर्ष पहिले नेपालमा [...]

  • badminton

    ब्याड्मिन्टन

    विश्व ब्याडमिन्टन संघले लन्डन ओलम्पिकका आठ महिला ब्याड्मिन्टन खेलाडीलाई डबल्स खेलमा जानीजानी मेहनत नगरेको आरोप लगाएको छ। आरेाप लागेका खेलाडीहरुमा दक्षिण कोरियाका दुई जोडी, चीन र इन्डोनेसियाका एक एक जोडी रहेका छन्। चारै जोडी खेलाडीहरु पहिले नै क्वाटरफाइनल प्रवेश गरिसकेकाले नक आउट चरणमा कमजोर टिमसंग प्रतिस्पर्धा होस् भन्ने उद्देश्यले जित्नका लागि कुनै मेहनत नगरेको आरोप [...]

  • ekata

    एकताका कुरा

    कांग्रेस शीर्ष नेताहरुबीचको विवाद नौलो विषय होइन। आपसमा बसेर मिलाउन सकिने विषय पनि सतहमै पुग्छन्। बार्‍हबिसेमा सम्पन्न नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा पनि त्यस्तै देखिए। शीर्ष नेताहरुबीच नै घोंचपेच देखिएपछि सहभागीहरुले गुटबन्दीको व्यापक आलोचना गरे। अरु त अरु पार्टीमा देखिएको विवादको समाधान गर्न असमर्थ सभापति सुशील कोइराला स्वयंले पनि पार्टीमा आफूले न्याय खोजीरहेको बताउनुभयो। जिल्ला [...]

  • madhav-nepal

    आन्दोलनको आँधीबेहरीबाट बाबुराम भट्टराई नेतृत्वको सरकार हटाइने

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बाबुराम भट्टराई नेतृत्वको सरकार सहज तरिकाले बहिर्गमन हुन नचाहेकाले आन्दोलनको आँधीबेहरीबाट हटाइने बताउनु भएको छ। रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको अन्तर्क्रियामा वरिष्ठ नेता नेपालले भट्टराईलाई सरकारमा बसिरहने नैतिक आधार नभएकाले तत्काल राजीनामा दिनुपर्ने र अटेर गरेर बसिरहे आफूहरुले आन्दोलनको आंधिबेहरी ल्याएर हटाउने बताउनुभयो। उंहाले अध्यादेशबाट देश चलाउने सोंच [...]

  • accident-sig

    अर्घाखांचीको झुल्केमा बस दुर्घटना हुंदा एकजनाको मृत्यु

    अर्घाखांचीको झुल्केमा बस दुर्घटना हुंदा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। बटुवलवाट नेपालगञ्ज गइरहेको ना २ ख ९८५९ नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङ र आर्घाखांचीको सीमानामा पर्ने झुल्केमा दुर्घटना हुंदा बसका सहचालकको मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई उपचारका लागि [...]

  • जग्गाको विषयमा विवाद हुंदा सुनसरीको महेन्द्रनगरमा एकजनाको हत्या

    जग्गाको विषयमा विवाद हुंदा सुनसरीको महेन्द्रनगरमा एकजनाको हत्या

    जग्गाको विषयमा विवाद हुंदा सुनसरीको महेन्द्रनगरमा एकजनाको हत्या भएको छ। जग्गा विवादको विषयमा भएको कुटपिटबाट ७१ वर्षीय लक्ष्मीप्रसाद बरालको मृत्यु भएको हो। छिमेकी कालुराम चौधरीको कुटपिटबाट गम्भीर घाइते भएका बरालको उपचारका क्रममा मृत्यु भएको हो। कुटपिटमा संलग्न चौधरीलाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हिमाल दाहाल  

  • slc-purak

    परीक्षा नियन्त्रण कार्यालय एसएलसीको पूरक परीक्षा सञ्चालन

    परीक्षा नियन्त्रण कार्यालयले आजदेखि एसएलसीको पूरक परीक्षा सञ्चालन गरेको छ। गत चैत ७ देखि १६ गतेसम्म सञ्चालन गरिएको एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुत्तीकर्ण परीक्षार्थीका लागि कार्यालयले मौका परीक्षाका रुपमा आजदेखि पूरक परीक्षा सञ्चालन गरेको हो। साउन २४ गतेसम्म सञ्चालन हुने पूरक परीक्षामा मुलुकभरबाट करिव एकलाख २४ हजार परीक्षार्थी सहभागी हुने कार्यालयले जनाएको छ। परीक्षाका [...]

  • Congredd-Maoist-bhet

    नेकपा माओवादीको केन्द्रीय कार्यालयको बैठक लाजिम्पाटस्थित निवासमा हुंदै

    एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालयको बैठकले राष्ट्रिय सहमतिका लागि छलफल तीव्र बनाउने निष्कर्ष निकालेको छ। केन्द्रीय कार्यालयको बैठकले महाधिवेशन आयोजक समितिको बैठक भेालिसम्म सम्पन्न गरी राष्ट्रिय सहमतिका लागि छलफल तीव्र बनाउने निष्कर्ष निकालेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो। बैठकमा महाधिवेशन आयोजक समितिको विस्तार लगायतका विषयमा गठित कार्यदलका सदस्यहरुसमेत सहभागी थिए। महाधिवेशन आयोजक समितिको बैठक पूर्व बसेको [...]