अष्ट्रेलियामा सुरक्षाकर्मीले ५० करोड डलरबराबर मूल्यको लागू औषधसहित ७ जना कारोवारीलाई पक्राउ गरेको छ। राजधानी सिडनीमा छापा मार्ने क्रममा यति ठूलो परिमाणसहित अवैद्य लागू औषध कारोवारी पक्राउ परेको सुरक्षाकर्मीले जनाएको छ। छापा मार्ने क्रममा हङ्कङका चार नागरिक र अष्ट्रेलियमै बस्दै आएको ३ जनालाई सुरक्षाकर्मीले पक्राउ गरेको हो। छापा मार्ने क्रममा उनीहरु बाट ५ सय केजी मादक पदार्थ जसमा ३ सय ६ केजी मेथमपेथामाइन र २ सय २५ केजी हेरोइन पक्राउ परेको सुरक्षाकर्मीले जनाएको छ। पक्राउ परेको लागू औषधमा मेथमपेथामाइन र हेरोइन तेस्रो ठूलो मात्रामा वरामद भएको सुरक्षाकर्मीले जनाएका छन्।









There are currently no comments on ५० करोड डलरबराबर मूल्यको लागू औषधसहित ७ जना कारोवारीलाई पक्राउ. Perhaps you would like to add one of your own?