पूर्वाञ्चल स्तरीय कञ्चनजंघा च्यालेन्ज कप फुटबल प्रतियोगितामा मोरङ सेमिफाईनलमा

Written by admin. Posted in खेलकूद

Published on July 31, 2012 with

बेलबारी फुटवल क्लब मोरङ ताप्लेजुङमा जारी पूर्वाञ्चल स्तरीय कञ्चनजंघा च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज भएको खेलमा ताप्लेजुङ सघर्ष स्पोटिङ क्लबलाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गदै मोरङले सेमिफाईनल यात्रा पक्का पारेको हो । निर्धारित समयमा दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाईब्रेकरमा परिणत भएको थियो। टाईब्रेकरमा बेलबारी ५–४ गोलले सषर्घलाई हराएको हो। त्यस्तै अर्को खेलमा श्रीबक्स गुल्म ताप्लेजुङ पनि कञ्चनजंघा फुङलिङ क्लबलाई ८–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। श्री बक्स गुल्मको तर्फबाट नवयुग श्रेष्ठले ४,विमल तामाङले २ गोल गरे भने नरेन्द्र निरौला र बरिजमान राइले १ –१ गोल गरेका थिए।

राजेन्द्र श्रेष्ठ

facebook comments:

Leave a Comment