पत्रिका सम्मानित

Written by admin. Posted in विविध, विशेष

Published on July 31, 2012 with

साहित्य क्षेत्रको विस्तार र गुणात्मक विकासमा योगदान पुर्‍याउने पाँच साहित्यिक पत्रिकालाई सम्मान गरिएको छ। आज काठमाडौमा एक कार्यक्रमको आयोजना गरि चेतकीराज्यलक्ष्मी कार्की स्मृति विज्ञान तथा प्रविधि प्रतिष्ठानले साहित्यिक पत्रिकाको सम्मान तथा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गरेको हो। अमेरिकाबाट प्रकाशित हुने अन्तरदृष्टि पत्रिकालाई २०६८ सालको सुश्री लक्ष्मी कार्की स्मृति नेपाली साहित्यिक पत्रकारीता पुरस्कार प्रदान गरिएको छ।

त्यसैगरी विगतका वर्षहरुमा पुरस्कार पाउन सफल काठमार्डौबाट प्रकाशित हुने दायित्व, झापाबाट प्रकाशित हुने जुही, भारतको आसामबाट प्रकाशित हुने विन्दु र दार्जिलिङबाट प्रकाशित हुने दियालोलाई पनि आजै पुरस्कृत गरिएको छ। पुरस्कारमा ताम्रपत्र र नगद दश हजार रुपैयाँ रहेको छ। पुरस्कार राष्ट्रकवि माधव प्रसाद घिमिरेले प्रदान गर्नुभएको हो। त्यसैगरी २०६८ सालको सुश्री चेतकीराज्यलक्ष्मी कार्की वातावरण विज्ञान विषयक शोधपत्र छात्रवृद्धि कविता पौडयाल र रीजा मानन्धरलाई प्रदान गरिएको छ।

आनन्द 

facebook comments:

Leave a Comment