अष्ट्रेलियामा सुरक्षाकर्मीले ५० करोड डलरबराबर मूल्यको लागू औषधसहित ७ जना कारोवारीलाई पक्राउ गरेको छ। राजधानी सिडनीमा छापा मार्ने क्रममा यति ठूलो परिमाणसहित अवैद्य लागू औषध कारोवारी पक्राउ परेको सुरक्षाकर्मीले जनाएको छ। छापा मार्ने क्रममा हङ्कङका चार नागरिक र अष्ट्रेलियमै बस्दै आएको ३ जनालाई सुरक्षाकर्मीले पक्राउ गरेको हो। छापा मार्ने क्रममा उनीहरु बाट ५ सय केजी [...]
बेलबारी फुटवल क्लब मोरङ ताप्लेजुङमा जारी पूर्वाञ्चल स्तरीय कञ्चनजंघा च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज भएको खेलमा ताप्लेजुङ सघर्ष स्पोटिङ क्लबलाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गदै मोरङले सेमिफाईनल यात्रा पक्का पारेको हो । निर्धारित समयमा दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाईब्रेकरमा परिणत भएको थियो। टाईब्रेकरमा बेलबारी ५–४ गोलले सषर्घलाई [...]
दलहरुले वर्तमान सरकारको विरोध गर्दै आन्दोलन गर्ने चेतावनी दिइरहेका बेला प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले आजदेखि काठमाडौंमा सरकारको विरुद्ध आन्दोलन सुरु गरेको छ। वर्तमान प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको राजीनामा माग गर्नुका साथै सहमतीय सरकारमा जोड दिदै आज नया बानेश्वरमा आधा घन्टा चक्का जाम गरेको हो। चक्काजामका कारण आज केही बेर नया [...]
साहित्य क्षेत्रको विस्तार र गुणात्मक विकासमा योगदान पुर्याउने पाँच साहित्यिक पत्रिकालाई सम्मान गरिएको छ। आज काठमाडौमा एक कार्यक्रमको आयोजना गरि चेतकीराज्यलक्ष्मी कार्की स्मृति विज्ञान तथा प्रविधि प्रतिष्ठानले साहित्यिक पत्रिकाको सम्मान तथा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गरेको हो। अमेरिकाबाट प्रकाशित हुने अन्तरदृष्टि पत्रिकालाई २०६८ सालको सुश्री लक्ष्मी कार्की स्मृति नेपाली साहित्यिक पत्रकारीता पुरस्कार प्रदान गरिएको [...]
मिस शेर्पा तेस्रो संस्करण २०१२ को अडिसन आज सम्पन्न भएको छ। राजधानिमा आज शेर्पा फेसन होमले आयोजना गरेको अडिसनमा ४७ जना शेर्पा युवतीहरुले सहभागीता जनाएका थिए। जसवाट २० जना युवतिहरु भदौ ३१ गते हुने अन्तिम प्रतिस्पर्धाका लागी छनौट हुनेछन्। शेर्पा समुदायका कला र संस्कृतिको बचाउ र जगेर्नाका लागी मिस शेर्पा आयोजना गरीएको आयोजकले बताएका छन्। [...]
एकीकृत माओवादी निकट अखिल क्रान्तिकारीले शैक्षिक क्षेत्रको बिकृति बिरुद्ध संघर्ष गर्ने घोषणा गरेको छ। केन्द्रीय समितिको बैठकबारे जानकारी गराउन आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हिमाल शर्माले शिक्षमा सबैको पहुच र गुणस्तर बृद्धि गर्न संघर्ष गर्ने निर्णय लिइएको जानकारी दिनुभयो। अखिल क्रान्तिकारीले मुलुकको संघीय पुनर्संरचना संगै राष्ट्रिय शिक्षा नीति निर्माणका लागि शैक्षिक बहस सम्बन्धी राष्ट्रिय [...]
नेपाली सेनाको कल्याणकारी कोषको रकम दुरुपयोग भएको आरोप लागिरहेका बेला कल्याणकारी योजना निर्देशनालयले भने कोष पारदर्शि ढङगले सञ्चालन भइरहेको बताएको छ। राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरि निर्देशनालयले कोषको रकम दुरुपयोग भन्ने आरोप गलत रहेको भन्दै कोषको अवश्थाको बारेमा समेत जनकारी गराएको छ। आर्थिक वर्ष ६८/६९ मा विभिन्न स्रोतमार्फत कोषको आय तिन अर्ब दश करोड,तेह् [...]
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला बाह्रबिसे घोषणापत्र जारी गर्दै आज सकिंदै छ। आज दोस्रो दिनको बन्द सत्रमा जिल्ला सभापतिहरुले समसामयिक राजनीति र पार्टीले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा आ आफ्नो धारणा राखेका थिए।जिल्ला सभापतिहरुले काग्रेस नेतृत्बमा सहमतिको सरकार गठन र नया निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन्।सभापतिहरुले आ आफ्नो धारणा राखिसकेपछि पाच बिकास क्षेत्रका सभापतिहरुले छुट्टा छुट्टै [...]
धादिङ तथा नुवाकोट जिल्लाखण्डको त्रीशुली नदीबाट अवैध रुपमा ढुंगा, वालुवा तथा गिट्टि निकाल्ने कार्य नरोकिएपछि धादिङवासीले त्यसलाई रोक्न प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको ध्यानाकार्षण गराएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यलयमा त्रिसुली वचाउ साझा संजालले उत्खन्नन् कार्य रोक्न प्रधानमन्त्री भट्टराईको ध्यानाकार्षण गराएको हो। संजालले धादिङ खण्डमा पर्ने त्रीशुली नदीबाट तीन दशक देखि लगातार ढुंगा, वालुवा तथा गिट्टिको उत्खनन् [...]
भक्तपुरको कमलविनायकस्थित नियोलोजन स्कुलका शिक्षक सुजन पौडेल र महिला कर्मचारी विद्यालक्ष्मी शाखकर्मीको हत्या भएको छ। भक्तपुरको ताथलीस्थित बांसधारीभित्र शिक्षक पौडेल र विद्यालक्ष्मी शाखकर्मीको शव फेला परेको हो। अन्दाजी ३० वर्षिय मृतक पौडेल कौशलटार र २० वर्षिय शाखकर्मी झोलांछे, भक्तपुरका हुन्। दुवैको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। दुवै शवलाई पोष्टमार्टमका [...]